नक्कली नोट बनाउने गिरोह पक्राउ

नक्कली नोट बनाउने गिरोह पक्राउ
सुन्नुहोस्

मलंगवा : सर्लाहीको गोडैता नगरपालिकाबाट नक्कली नोट बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। गोडैता नगरपालिका-१२ मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ का ४७ वर्षीय विजय लामा, सर्लाहीको गोडैता नगरपालिका-१२ मधुबनीका ३२ वर्षीय  जनार्धन सिंह, रौतहटको चन्द्रपुर नगरपालिका नराई टोलका ३७ वर्षीय विशाल राई, ललितपुरको ललितपुर महानगरपालिका-१ कुपन्डोलका ३३ वर्षीय सञ्जय राना मगर, भक्तपुरको चाङ्गुनारायण नगरपालिका ५ का ३७ वर्षीय अमिर खत्री, भारत सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानी ट्यांकीका ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर र भारतकै मेजरगन्ज पञ्चायत-८ का ४० वर्षीय सुवोध कुमार रहेका छन्।
 

नेपाल–भारत सीमा दशगजा नजिकै मधुबनी गाउँमा सिँचाइका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गहडीया, प्रहरी चौकी मधुबनी गाउँ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मधुबनीबाट खटिएको प्रहरी टोलीले आठ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए। 

प्रहरीले घटनास्थलबाट एक हजार नोटको साइजमा काटिएको कागज १४ थान, विभिन्न रंगका आठ लिटर केमिकल, ९५ हजार ८ सय ५ नेपाली रुपैयाँ, १० थान मोबाइल नेपाली स्कारपियो र दुईवटा भारतीय मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेकाहरुलाई जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.