सुत्केरी भत्ताको सास्ती

सुत्केरी भत्ताको सास्ती

एकातिर स्वास्थ्य संस्थाकै अभाव र अर्काे भएका संस्थाबाट पनि भत्ताका लागि सास्ती सहनुपर्छ, मातृ मृत्युदर न्यूनीकरण गर्ने सरकारको लक्ष्य पूरा गर्न कठिन हुन्छ ।

अस्पतालमा सुत्केरी भएका महिलालाई सरकारले एक हजार रुपैयाँ भत्ता दिन्छ । यस्तो किन गरेको भने गर्भवतीहरू घरमै सुत्केरी नहोऊन् र जोखिममा नपरून् । घरमा सुत्केरी हुँदा जोखिम हुन्छ । अस्पताल आए भने जोखिम भइहाले साधारण सुत्केरी हुन नसके शल्यक्रिया गरी बच्चा निकाल्न सकिन्छ ।

आमा र बच्चा दुवैको ज्यान बाँच्छ । तै नेपालका सबै ठाउँमा बर्थिङ सेन्टर छैन । गाउँघरका स्वास्थ्य संस्थामा त्यस्तो सुविधा नहुँदा घरमै सुत्केरी बाध्य छन् धेरै नेपाली महिला । दुर्गममा जोखिममा परेका गर्भवती र सुत्केरीलाई त सरकारले हेलिकोप्टर उद्धारसमेत निःशुल्क गर्छ । मातृ र शिशुमृत्युदर घटाउन सरकारले गरेका यी प्रयत्नको नतिजा आज धेरै महिला र बच्चाको ज्यान बाँचेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार नेपालमा एक लाख जीवित जन्ममा मातृ मृत्यु घटेर १ सय ५१ मा झरेको छ । सुत्केरी महिलालाई बच्चा जन्मिएपछि अस्पतालमै भत्ता दिइन्छ । तर कतिपय ठाउँमा भने त्यही भत्ता पनि उधारो हुन्छ । जस्तो कि नारायणी अस्पताल वीरगन्जमा सुत्केरीलाई भत्ता उधारो हुन्छ । अनि गाउँदेखि सुत्केरी हुन वीरगन्ज आएका महिला फेरि भत्ता लिन दोहोर्‍याएर आउनुपर्छ ।

भत्ता एक हजार रुपैयाँ हुन्छ । तर, आउँदाजाँदाको खर्च भने दुई हजार । २०३० सम्ममा मातृ मृत्युदर ७० प्रति एक लाख जीवित जन्म बनाउने लक्ष्य सरकारले लिएको छ । त्यो लक्ष्य पूरा गर्न सबै महिलालाई नै अस्पताल वा बर्थिङ सेन्टरमा सुत्केरी गराउने प्रबन्ध गर्नुपर्छ । भत्ता र सुरक्षाको आकर्षण दिएर त्यसलाई सम्भव बनाउन सकिन्छ । र, सबैभन्दा महत्त्वपूर्ण कुरा त चेतना नै हो, त्यसलाई फैलाउनुपर्छ । आफ्नै ज्यान जोखिममा नपार्न महिलालाई अस्पताल र बर्थिङ सेन्टर जान प्रेरित गर्नुपर्छ ।

गरिबीकै कारण कोही पनि अस्पतालबाट वञ्चित हुनु हुँदैन । सुत्केरी हुन अस्पताल वा स्वास्थ्य संस्था पुग्ने व्यवस्थाले मात्रै मातृमृत्युदर घट्दैन । गर्भवती भएदेखि नै महिलाले गर्भ जाँच नियमित गराउनुपर्छ । नियमित जाँचबाट मात्रै बच्चा र आमाको स्वास्थ्य अवस्थाको जोखिम थाहा हुन्छ । अनि जोखिम न्यूनीकरण गर्न सकिन्छ । तर नेपालमा अझै पनि गर्भ जाँच गर्ने क्रम शतप्रतिशत पुगेको छैन । एकातिर स्वास्थ्य संस्थाकै अभाव र अर्काे भएका संस्थाबाट पनि भत्ताका लागि सास्ती सहनुपर्छ, मातृ मृत्युदर न्यूनीकरण गर्ने सरकारको लक्ष्य पूरा गर्न कठिन हुन्छ । 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.