पुतलीबजार प्रज्ञाप्रतिष्ठान कुलपतिमा अधिकारी

पुतलीबजार प्रज्ञाप्रतिष्ठान कुलपतिमा अधिकारी
सुन्नुहोस्

स्याङ्जा : पुतलीबजार प्रज्ञाप्रतिष्ठानको कुलपतिमा विश्वप्रेम अधिकारी नियुक्त भएका छन्। यसअघि उपकुलपति रहेका अधिकारीलाई कुलपतिमा नियुक्त गरिएको हो।

प्रतिष्ठानको उपकुलपतिमा दुर्गाबहादुर शाह (बाबा), सदस्यहरूमा भवानी अधिकारी, मन्जु थापा, हिमलाल पुरी, रामबहादुर परियार, सम्झना थापा, राजेन्द्र श्रेष्ठ छन्। यसैगरी, सदस्य सचिवमा नगर शिक्षा शाखा प्रमुख बाबुराम बराल छन्। 

कुलपतिसहित उपकुलपति र अन्य ८ सदस्यले मंगलबार शपथ ग्रहण गरेका छन्। कुलपतिलाई नगरप्रमुख तुलसीराम रेग्मीले शपथ गराए। उपकुलपतिसहित अन्य सदस्यलाई कुलपति विश्वप्रेम अधिकारीले शपथ गराएका हुन्। पुतलीबजार नगरपालिकाको भाषा, साहित्य, संस्कृति, ललितकलाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ। यसअघि नगरप्रमुख कुलपति रहने गरी रहेको ऐन खारेज गरी पुतलीबजार प्रज्ञा प्रतिष्ठान ऐन २०८१ बमोजिम कुलपति नियुक्त गरिएको हो। 

नगरप्रमुख कुलपति रहने प्रतिष्ठानभन्दा स्वतन्त्र समिति गठन गरी जिम्मेवारी दिनुपर्ने जनाउँदै सोहीबमोजिमको ऐन जारी गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले बताए। लामो समयदेखि साहित्य, कला, संस्कृतिका क्षेत्रमा क्रियाशील अधिकारीलाई सो जिम्मेवारी दिइएको नगरप्रमुख रेग्मीको भनाइ छ। 

प्रतिष्ठानका कुलपति अधिकारीले नगरको कला, संस्कृति र साहित्यलाई लिपिबद्ध गराउने उद्देश्यसहित जिम्मेवारी बहन गर्नुपर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.