मैले जितेको मेडल राष्ट्रका लागि हो,गौरव महसुस गरेको छु : पलेशा गोवर्द्धन

मैले जितेको मेडल राष्ट्रका लागि हो,गौरव महसुस गरेको छु : पलेशा गोवर्द्धन
तस्बिर : सुनिता डंगोल

काठमाडौं : पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य जितेकी नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ। बुधबार बिहान स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ लगायतले स्वागत गरेका थिए।

पलेशालाई स्वागत गर्न बाजागाजा सहित हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए। त्यसपछि उनलाई नगर परिक्रमा गराएर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् पुर्‍याइएको थियो। राखेपमा खेलकुदमन्त्री चौधरी, राखेप सदस्यसचिव घिसिङ, तेक्वान्डो संघका पदाधिकारी लगायतले सम्मान गरेका थिए।

सो अवसरमा पारा तेक्वान्दो खेलाडी पलेशाले आफूले जितेको मेडल राष्ट्रका लागि भएको गौरव महशुस गरेको बताइन्। सीमित स्रोत साधनका बीच आफूले तयारी गरेको र खेलको दिन उच्च मनोबलका साथ खेलेको र सफलता प्राप्त गरेको उनले बताइन्। 

पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काश्य पदक जितेकी थिइन्। उक्त पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.