गहना र लागुऔषधसहित दुई जना पक्राउ
गुलरिया : भारतबाट गहना र लागुऔषधलगायतका सामाग्रीहरूसहित नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको आरोपमा मधुवन नगरपालिका निवासी दुई जनालाई नियन्त्रणमा लिइएको छ।
बर्दियाको बढैयाताल गाउँपलिका वडा नम्बर ७ कर्णालीपुर स्थित सशस्त्र प्रहरीको कण्ठपुर बिओपी चेकपोष्टबाट खटिएको गस्ती टोलीले मधुवन वडा नम्बर ७ सानोश्री, ताराताल निवासी २९ वर्षीय विनोद सुनार र वडा नम्बर ६ निवासी ३२ वर्षीय हरीबहादुर विकलाई नियन्त्रणमा लिएको छ।
भे१२प ३३६ नम्बरको मोटरसाईकलमा गरगहना र लागुऔष लगायतका सामाग्री सहित नियन्त्रणमा लिएका मानिस सशस्त्र प्रहरीले प्रहरी चौकी कालिकामा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले बताए। नियन्त्रणमा लिइएका मानिसको साथबाट शुद्धतौल ९ सय ४० मिलीग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बराबद गरिएको छ।