नदी दोहन गर्ने सवारी नियन्त्रण

नदी दोहन गर्ने सवारी नियन्त्रण
सुन्नुहोस्

नुवाकोट : अवैध रूपमा प्राकृतिक स्रोत साधन दोहन गर्ने सवारी साधनहरूलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ। विभिन्न नदी, खोला, नालाहरूबाट अवैध रूपमा बालुवा, गिट्टी उत्खनन तथा ओसारपसार गर्ने उपकरण नियन्त्रणमा लिई जरिबाना समेत गरिएको हो। 

पहाडी संरचना रहेको नुवाकोटमा त्रिशूली, तादी, लिखु, सामरी, कोल्पु, सलाखु, फलाखुलगायत विभिन्न २५ वटाभन्दा बढी नदी खोलाहरू रहेका छन्। कानुन विपरीत नदी उत्खनन गरिरहेका साधन तथा उपकरण नियन्त्रणमा लिई प्रहरीले सम्बन्धित स्थानीय तहमा पठाएको हो। 

एक वर्षको अवधिमा विभिन्न प्रकृतिका २८ थान उपकरणलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। उनीहरूबाट कुल सात लाख २९ हजार रुपैयाँ जरिबाना असुल गरी राजश्व संकलन गरिएको छ। 

सबैभन्दा बढी कारबाही गत वैशाखमा गरिएको नुवाकोट प्रहरीले जनाएको छ। सो महिनामा पाँच थान मिनिट्रक, दुई थान आइचर, एक थान ट्रिपर र एक थान ट्रयाक्टरलाई नदीबाट नियन्त्रणमा लिएर एकलाख ५९ हजार रुपैयाँ जरिबाना गरिएको प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.