पर्यटकलाई बचाए, आफू बचेनन्

गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु, अमेरिकी नागरिकसहित दुई जना घाइते

गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु, अमेरिकी नागरिकसहित दुई जना घाइते
सांकेतिक तस्बिर
सुन्नुहोस्

गुलरिया : बर्दियामा गैंडाको आक्रमणमा परी एक जना प्रकृति पथ प्रर्दशकको मृत्यु भएको छ। मधुवन नगरपालिका - १ स्थित बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणमा परी  अमेरिकन नागरिकसहित एकजना स्थानीय चौकीदार घाइते भएका हुन्।

जंगल वाकमा रहेका बेला जंगली गैंडाको आक्रमणमा परी ठाकुरबाबा नगरपालिका- ९ का ३५ वर्षीय नेचर गाईड मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए। गैँडाले आक्रमण गर्दा विदेशी पर्यटकलाई बचाउन उनको मृत्यु भएको बताइएको छ।

घाइते हुनेहरूमा अमेरिकन नागरिक ५६ वर्षीय एमसी लेनडन शावन र सामुदायिक वनका चौकीदार ५८ वर्षीय स्थानीय खिन्चु चौधरी छन्।

घाइते विदेशी पर्यटकको ठाकुरबाबा नगर अस्पताल भुरीगाउँमा उपचार भइरहेको डीएसपी अर्यालले बताए। विदेशी पर्यटकको अवस्था मध्यम र चौधरीको अवस्था सामान्य रहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.