सत्तामा पुगेपछि रास्वपाले उद्योगी-व्यापारीको समस्या सम्बोधन गर्छ : स्वर्णिम वाग्ले

सत्तामा पुगेपछि रास्वपाले उद्योगी-व्यापारीको समस्या सम्बोधन गर्छ : स्वर्णिम वाग्ले
सुन्नुहोस्

वीरगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टीका उपपसभापति स्वर्णिम वाग्लेले सरकारले करको दर घटाएर दायरा बढाउनुपर्ने बताएका छन्।

वीरगन्जमा बिहीबार रास्वपा पर्साले आयोजना गरेको ‘आर्थिक मन्दी र अर्थ-राजनीतिक निकास’ विषयक अन्तर्क्रिया कार्यमा निजी क्षेत्रका गुनासो सुनेपछि उपसभापति वाग्लेले भने, ‘करको दरले नीजी क्षेत्र अक्रान्त छन्। त्यसका कारण करको दर घटाएर दायरा बढाउनुपर्छ। यसले राजश्व संकलन बढ्छ।अर्थतन्त्रपनि सुधार आउँछ।’

रास्वपा सत्तामा पुगेपछि करको दर घटाएर दायरा बढाउने भन्दै उनले भने, ‘मेरो आफ्नै पनि चाहना छ । जुन दिन सत्तामा पुगिन्छ यो काम गरिन्छ।’ उनले भारतसँगको खुलन सीमाले निम्त्याएको जटीलताले समग्र मुलुककै अर्थतन्त्रमा नकरात्मक असर पारिरहेकाले यसतर्फ ध्यानदिनुपर्नेमा जोड दिए। 

प्रतिनिधि सभा सदस्यसमेत रहेका वाग्लेले खुल्ला सीमाका कारण अवैध निकासी-पैठारी भइरहेको र यसले अवैध व्यापारलाई बढावा दिएको बताए। जसका कारण राजश्व संकलनको लक्ष्य पूरा हुन नसकेको उनले बताए। त्यसैका कारण खुल्ला सीमाले निम्त्याएका यस्ता चुनौती र जटिलताबारे राज्यले बेलैमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।

तराई-मधेसका जिल्लाहरुमा सौर्य उर्जाको प्रचुर सम्भावना रहेकोपनि उनले बताए। यसलाई राज्यकातर्फबाट उपयोग गर्न सकिए तराई-मधेसका मात्रै नभई समग्र देशकै अर्थतन्त्रमा कायापलट हुनसक्ने वाग्लेको भनाइ छ। 

राजनीतिक प्रसंगमा उनले प्रदेश सरकार मुलुकका लागि खर्चिलो र बोझका रुपमा रहेको बताए। त्यसका कारण प्रादेशिक संरचनामा सुधार र परिवर्तन गर्नुपर्ने धारणा उनले राखे। उनले भने, ‘प्रदेश सरकार निक्कै खर्चिलो र बोझिलो भएको छ। यसलाई कम खर्चिलो बनाउन सुधार र परिवर्तनको आवश्यकता छ।’

कार्यक्रममा सहभागी वीरगन्जका उद्योगी-व्यवसायीले राज्यले बढी राजश्व संकलनका लागि करको भारी थोपार्दै लगेको भन्दै गुनासो गरे। करको दर बढाउनुको साटो करको दायरा बढाउन सके त्यसले राजश्व संकलनपनि बढ्ने र निजी क्षेत्रमाथि करको भारीपनि नथपिने उनीहरूको सुझाव थियो। तर, निजी क्षेत्रले दिँदै आएको यो सुझाव सत्तामा हेकाहरूले सुनेरपनि नसुनेको झैं गर्दै आएकJ वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले गुनासो पोखे। 

उद्योग र पसलहरुमा छापा मारेरमात्रै राजश्व संकलनको लक्ष्य पुरा नहुनेपनि उनले सुझाए। अध्यक्ष अग्रवालले खुल्लासीमाबाट भइरहेको अवैध व्यापार राज्यले नरोक्दा त्यसले वैध व्यपार गर्नेहरु मर्कामा परेको बताए। 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रLय सदस्य डा. सुबोधकुमार गुप्ताले जबसम्म खुल्लासीमाबाट भइरहेको अवैध ओसारऔपसार रोकिदैन तबसम्म स्वदेशी उद्योग-व्यापार फस्टाउन नसक्ने तर्क गरे। राज्यका विभिन्न निकायले बजार अनुगनमका नाममा उद्योगी-व्यपारीलाई आतंकित पारेको उनले बताए। सीमा नाकामा पनि नेपाली सुरक्षाकर्मीले उद्योगगी-व्यपारीलाई अनेक निहुँमा प्रताडित गर्दै आएको उनको भनाइ छ। 

उनले भने, ‘सत्ता र सत्ता चलाउनेहरुको मानसिकतामा सबै उद्योगी-व्यापारी चोर, ठग, लुटेरा र डाँकामात्रै छन् भन्ने परेको छ। यो मानसिकता नबदल्ने हो भने यहाँबाट थुप्रै उद्योगी-व्यापारी पलायन हुने निश्चित छ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.