खोलामा फलामे पुल निर्माण

खोलामा फलामे पुल निर्माण
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको अमारेखोलामा ट्रस पुलको निर्माण गरिएको छ। बेलकोटगढी नगरपालिका-११ स्थित अमारे खोलामा पक्की ट्रस पुलको निर्माण गरिएको हो।

यसअघि उक्त स्थानमा पुल नुहुँदा खोला पार गर्नका लागि जोखिमपूर्ण यात्रा गर्दै आएकाहरूलाई सुरक्षित बनाउन ट्रस पुलको निर्माण भएको हो। पुलको निर्माणसँगै  सर्वसाधारणलाई सुविधा भएको वडाध्यक्ष प्रकाशंजग पाण्डेले बताए।

उनका अनुसार निर्माण सुरु भएको तीन महिनामा नै पुल सञ्चालनमा ल्याउन सकिने लक्ष्यको साथ कार्य सम्पन्न भएको हो। पुल निर्माणपछि बर्खाको समयमा आवतजावत गर्न निकै सजिलो भएको छ।

सो पुलबाट दैनिक तीन सय जना आवतजावत गर्ने गर्छन्। बेलकोटगढी नगरपालिका र पुल निर्माण उपभोक्ता समितिसँग भएको सम्झौता अनुसार २०८१ वैशाख १० गते काम सुरु गरेर निर्माण कार्य गरिएको हो। आगामी २०८२ साल असार मसान्तभित्र सम्पन्न गर्ने १५ महिनाको समयावधि दिएको भएपनि काम सुरु भएको पाँच महिनामै निर्माणको काम भएको हो। 

यस वर्षको वर्षायाम र खोलामा आउने बाढीलाई मध्यनजर गर्दै पुल निर्माण सम्पन्न गरेर सुचारु गराइएको स्थानीयवासीले बताए। बेलकोटगढी नगरपालिका-११ का बासिन्दासहित सो क्षेत्र भएर आउजाउ गर्नेलाई सहज बनाउन निर्माण गरिएको पुल लम्बाइ २८ मिटर रहेको छ। 

कुल ३३ लाख १६ हजार रुपैयाँ लागत रहेको उक्त पुल निर्माणपश्चात सो भेगका एक सय ८८ घरपरिवारका एक हजार सर्वसाधारण लाभान्वित भएका छन् । सो पुलबाट पैदल यात्रुसहित साइकल, मोटरसाइकल समेत आउजाउ गराउन सकिने बनाइएको छ। 

पुल निर्माणसँगै स्थानीयवासीले उत्पादनहरू धान, मकै, तरकारी बाली बजार तथा सदरमुकाम लैजान सुविधा पुगेको छ। बेलकोटगढी नपा र उपभोक्ता समितिबीच गत २०८० साल फागुन १७ गते पुल बनाउने सम्झौता भएर २०८१ साल वैशाख १० गतेदेखि पुलको निर्माण कार्य थालनी गरिएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.