ठगीको आशंकामा काठमाडौं परिसरका हवलदारमाथि छानबिन

ठगीको आशंकामा काठमाडौं परिसरका हवलदारमाथि छानबिन
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत सहायक हवलदार गणेश खड्कामाथि छानबिन सुरु भएको छ। मुद्दा शाखामा कार्यरत उनलाई नियन्त्रण लिएर छानबिन सुरु गरिएको हो।  

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त रजौरेका अनुसार सेवाग्राहीसँग मुद्दा मिलाइदिन्छु भनेर आर्थिक कारोबार र चलखेल गरेको आशंकामा उनिमाथि छानबिन भइरहेको छ। 

रजौरेले भने, ‘केही व्यक्तिले मुद्दा मिलाइदिने बहानामा पैसा ठगी गरेको जाहेरी परिसरमा परेको छ। खड्काको नाममा भने जाहेरी परेको हैन। तर अन्य व्यक्तिहरू साठगाँठ गरेको आशंकामा हामीले आन्तरिक छानबिन गरेका हौं।’

यसका लागी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीको नेतृत्वमा डीएसपी प्रल्हाद कार्कीसहित ४ सदस्यीय छानबिन समिति गठन भएको छ। ठगी गरेको गिरोहसँग खड्काको संलग्नता भएको  प्रहरीको अनुमान छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.