माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छन् : प्रचण्ड

माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छन् : प्रचण्ड
तस्बिर : प्रचण्ड सचिवालय
सुन्नुहोस्

महोत्तरी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिने दाबी गरेका छन्। महोत्तरीको बर्दिबासमा सुरु भएको मधेश प्रदेशको परामर्श बैठकमा उनले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताएका हुन्।

‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छ्न, संविधानमाथि हमला हुन्छ।’उनले भने, ‘परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन।’

उनले अब सम्पूर्णरुपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताए।

पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेश प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.