आँबुखैरेनीमा सवारी दुर्घटना : एकको मृत्यु, ११ घाइते

आँबुखैरेनीमा सवारी दुर्घटना : एकको मृत्यु, ११ घाइते
तस्बिर : दीपेन्द्र सेढाईँ ।

गोरखा : तनहूँको आँबुखैरेनीमा बुधबार दिउँसो दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु र ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मुग्लिनतर्फबाट डुम्रेतर्फ सवार ग १ ख ९४०२ नम्बरको यात्रुबाहक बस आँबुखैरेनी २ र ३ जोड्ने खहरेखोलाको पुलनेरबाट खस्दा बसमा सवार १५ जनामध्ये ११ जना घाइते भएका छन् ।

बुधबार अपरान्ह साँढे चार बजेतिर भएको सो दुर्घटनाका घाइते यात्रुको स्थानीय आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । 

साथै आँबुखैरेनीकै नारीघाटमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल यात्रुको घटनास्थलमै मृत्यु भएको छ । दुई बजेतिर ग १ ख ७१४५ नम्बरको बस र विपरीत दिशातिरबाट आएको बा ९१ प २४६७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक आँबुखैरेनीमा सुनचाँदी व्यवसाय गर्दै आएका अश्विन सुनारको मृत्यु भएको डीएसपी रायले जानकारी दिए । घाइतेहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.