महोत्तरीका सुकुम्बासी र अव्यस्थित बसोबासीलाई लालपूर्जा वितरण गरिँदै
महोत्तरी : महोत्तरीका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपूर्जा वितरण गर्न निवेदन उपर जाँचबुझ थालिएको छ। आयोगमा परेको हजारौं निवेदन उपर छानबिन सुरु भएको भूमि समस्या समाधान आयोग महोत्तरीका अध्यक्ष पिताम्बर महतोले बताए।
यसअघि ज्ञानबहादुर गोले अध्यक्ष रहेको आयोगमा १ हजार ६७४ भूमिहीन दलित, २ हजार २११ भुमिहिन सुकुम्बासी र ८ हजार २८२ अव्यवस्थित बसोबासीले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा माग गर्दै निवेदन दिएका थिए। वर्षौंदेखि बसोबास गर्दै आएका महोत्तरीका १२ हजार २८२ घरपरिवारले जग्गाधनीको लालपूर्जा माग गर्दै आयोग पुगेका थिए। त्यस मध्य बर्दिबास नगरपालिका २ बुद्धचोकका १५ भूमिहीन दलित र ३८ भूमिहीन सुकुम्बासी गरी ५३ घरपरिवारले जग्गाधनीको लालपूर्जा पाएको अध्यक्ष महतोले बताए।
‘हामीले यस अघिका आयोगमा परेको उजुरी उपर छानविन गरेर प्रक्रिया पूरा भएका परिवारलाई लालपूर्जा दिन्छौं’, महतोले भने, ‘छिटफुट भएकाहरुलाई फेरि एकपटक आयोगको जिल्ला समितिले निवेदन आह्वान गर्ने तयारीमा छ।’
प्रतिक्रिया दिनुहोस !