महिलाले तिघ्रामा बाँधेर ल्याएको लाखौंको लागूऔषध बरामद, तीन जना पक्राउ

महिलाले तिघ्रामा बाँधेर ल्याएको लाखौंको लागूऔषध बरामद, तीन जना पक्राउ
सुन्नुहोस्

वीरगन्ज : सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगन्जको टोलीले सोमबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सालाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो ।

त्यसक्रममा उक्त ई–रिक्सामा सवार अन्दाजी २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर लुकाईछिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागूऔषध डाइजोपाम २०० एम्पुल, हाइड्रोक्लोराइड २०० एम्पुल र बुप्रेनोर्फिन २ पिस, फेला परेको हो ।

उक्त लागूऔषध, ई–रिक्सा र ती महिलासहित पक्राउ परेका अन्य दुई जनालाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै सशस्त्र प्रहरीले वीरगन्जबाटै अवैध रूपमा भन्सार छलेर ल्याइएका ठूलो परिमाणका औषधि बरामद पनि गरेको छ । वीरगन्ज महानगरपालिका–१ स्थित छपकैया सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी सिर्सियाबाट खटिएको टोलीले ५ लाख मूल्य बराबरको ओैषधि बरामद गरेको हो ।

तस्करहरू फरार भएपछि घटनास्थलबाट सशस्त्र प्रहरीको टोलीले करिब पाँच लाख रुपैयाँ बराबरको चार कार्टुन भिटामिनलगायतका औषधि बरामद गरेको हो । बरामद गरिएका ती अवैध औषधिहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.