बाइस्ट्रीम एलएलसीसँगको सहकार्यमा अन्नपूर्ण मिडिया नेटवर्क अमेरिकामा

बाइस्ट्रीम एलएलसीसँगको सहकार्यमा अन्नपूर्ण मिडिया नेटवर्क अमेरिकामा
सुन्नुहोस्

काठमाडौं : अमेरिकन कम्पनी बाइस्ट्रीम एलएलसीसँगको सहकार्यमा अमेरिकामा ‘अन्नपूर्ण मिडिया नेटवर्क-युएसए’ ब्रान्ड सञ्चालनमा आउने भएको छ। 

अमेरिकामा ‘अन्नपूर्ण मिडिया नेटर्वक-युएसए’ ब्रान्ड सञ्चालनमा ल्याउन अन्नपूर्ण मिडिया नेटवर्क र अमेरिकन कम्पनी बाइस्ट्रीम एलएलसीबीच साझेदारी सम्झौता भएको हो। सम्झौतामा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र बाइस्ट्रीम एलएलसीका सञ्चालक एड्रियन पोखरेल र सबिना अर्यालले हस्ताक्षर गरेका छन्।

बाइस्ट्रीम अमेरिकाको भर्जिनिया राज्यमा दर्ता भएको कम्पनी हो। जसको मुख्यालय भर्जिनियाको गेन्सभिलमा रहेको छ। त्यो नै अन्नपूर्ण मिडिया नेटवर्कको अमेरिका व्यूरो कार्यालयसमेत रहने भएको छ।

‘अमेरिकी कम्पनी बाइस्ट्रीमलाई अन्नपूर्ण मिडिया नेटर्वक-युएसए (एएमएन-युएसए) ब्रान्ड नाम र नेपालमा उत्पादन गरेका सामाग्रीहरू त्यो ब्रान्डका नाममा प्रयोग गर्न अनुमति दिएका छौं,’ अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले भने, ‘यसले नेपाली मिडियालाई अन्तर्राष्ट्रियस्तरको मिडिया बन्न सघाउनेछ।’ अमेरिका बस्ने प्रवासी नेपालीहरूले अब नेपाललाई सिधै अमेरिकाबाट पढ्न, सुन्न र हेर्न पाउने उनले बताए।

नेटवर्कले हालः नेपाली संकरण अन्नपूर्ण पोस्ट दैनिक, अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्णपोस्ट डटकम, एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गदै आइरहेको छ। 

‘एएमएन-युएसए ब्रान्डमा बाइस्ट्रीमले अब अमेरिकामा अन्नपूर्ण मिडिया नेटर्वक-युएसए सञ्चालन गर्नेछ,’ बाइस्ट्रीम एलएलसीका सञ्चालक एड्रियन पोखरेलले भने, ‘अन्नपूर्ण मिडिया नेटर्वक नेपालले उत्पादन गरेका सामाग्रीहरू अमेरिकामा हामीले प्रयोगमा ल्याउनेछौं।’ निकट भविष्यमा एएमएन नेपालमा कार्यरत रहेका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गराउनका लागि अमेरिकाबाट ज्ञान सिपयुक्त तालिमहरू, प्राविधिक ज्ञान दिने, विज्ञ वार्ता गराउने योजना सुनाए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.