उपसभामुखलाई राजीनामा दिन कांग्रेसको आग्रह

उपसभामुखलाई राजीनामा दिन कांग्रेसको आग्रह
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सत्तासीन कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिएर तत्काल मार्गप्रशस्त गर्न आग्रह गरेको छ। उपसभामुख रानामगरमाथि उठेका प्रश्न गम्भीर रहेको भन्दै कांग्रेसले मार्गप्रशस्त गर्न आग्रह गरेको हो। 

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकले उपसभामुखले पदीय मर्यादाविपरीत काम गरेको ठहर गर्दै राजीनामा माग गरेको हो। 

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कांग्रेसले मार्गप्रशस्त नै उचित उपाय ठहर हुने निर्णय लिएको बताए। घिमिरेले भने, ‘उपसभामुखले त्यस्तो सिफारिस गर्नै मिल्दैन। जुन काम उहाँबाट भयो त्यो गलत छ।, त्यसले संसद्लाई नै अपमानित गर्ने काम गरेको छ। मुलुकको पनि शिर झुकाएको कांग्रेसको बुझाइ छ।’ कांग्रेसको आधिकारिक धारणाको विषयमा थप्दै घिमिरेले भने, ‘उपसभामुख आफैंले राजीनामा दिएर मार्गप्रशस्त गर्नु ठीक हुन्छ।’ 

उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको पत्र बाहिरिएको थियो। उक्त विषय राष्ट्रहितविपरीत र पदीय गरिमाविपरीत भएको भन्दै सत्तारूढ दलहरूले मंगलबार बिहानबाट राजीनामाको विषय उठाएका थिए। सोही विषयमा आफ्नो धारणा बनाउनका लागि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका थिए। कांग्रेस सांसदहरूले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपसभामुखलाई पदबाट राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न पुनः आग्रह गरेका छन्। 

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसदहरूले उपसभामुखले पदीय मर्यादाविपरीत काम गरेकाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन्। कांग्रेस सांसद प्रतिमा गौतमले उपसभामुखले पदको दुरुपयोग गरेकाले नैतिकताले पदमा बसिरहन नदिने बताइन्। 

 उनले भनिन्,  ‘उपसभामुख माथि प्रश्न उठेका छन्।  प्रश्न उपसभामुख मगर व्यक्ति माथि होइन। उपसभामुख इन्दिरा राना मगरको हो। उपसभामुख पदीय जिम्मेवारीको मर्यादाको कुरा हो। यो पदमा बसेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग र गम्भीर अपराध हो,। उनले भनिन्, ‘उपसभामुखले गत साउन ४ गते स्पष्टीकरण दिँदै धेरै कुरा स्वीकार गरिसक्नुभएको छ।’ 

उनले सभामुखको विषयलाई लिएर सदनमा करुणा, संख्या र महिलाको कुरा उठेको भन्दै  विषय संविधान र कानुनले  व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको कुरा भएको तर्क गरिन्  आज सदनमा करुणाको कुरा उठ्यो। संख्याको कुरा पनि उठ्यो। महिलाको कुरा पनि उठ्यो। तर, यहाँ विषय करुणा, संख्या र महिलाको कुरा होइन, संविधान र कानुनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको कुरा हो।  जब पदीयमान हुँदैन तब लोकतन्त्रमा संख्याले आफ्नो काम गर्छ। मेरो उपसभामुखलाई आग्रह छ (तपाईंले इमानको मानक राख्नुहोस्।  मार्ग प्रशस्त गर्नुहोस्। उपसभामुखको पदबाट राजीनामा दिनुहोस्। 

यसैगरी कांग्रेस सांसद शान्ति परियारले उपसभामुखले आफूमाथि उठेको विषयलाई गम्भी रूपमा लिएर मार्गप्रशस्त गर्नुपर्ने बताइन्, ‘उपसभामुखजस्तो पदमा बसेर उहाँले  पदीय मर्यादाविपरीत काम गर्नुभएको छ। उपसभामुख भनेको देशको प्रतिष्ठासँग जोडिएको छ। देशको मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि जोडिएको छ। विवादमा आइसकेपछि मार्ग प्रशस्त गरिँदा राम्रो हुन्छ जस्तो लाग्छ, उनले भनिन्। प्रतिष्ठासँग जोडिएपछि गम्भीरतापूर्वक लिएर मार्गप्रशस्त गर्न आग्रह गर्न चाहन्छु।

०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्रमा भाग लिन जाने क्रममा उपसभामुखले असम्बन्धित व्यक्तिका लागि दूतावासमा पत्र लेखेकी थिइन्। जसमा ४ जना पुरुष र एकजना महिला थिए। यी पाँचैजना यो कार्यक्रमसँग असम्बन्धित व्यक्ति हुन्।

उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्र्ती मगर र धनप्रसाद गुरुङ पनि जान लागेको भन्दै उनले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन्। उनले आफूलाई तिनीहरूमध्ये एकजनाले विशेष आग्रह गरेकाले पत्र लेखेको स्पष्टीकरण दिँदै आएकी छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.