निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानमा थप छलफल गर्न उपसमिति गठन

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानमा थप छलफल गर्न उपसमिति गठन
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने प्रावधानमा थप छलफल गर्न उपसमिति गठन गरेको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको छलफलका क्रममा निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने भन्ने विषयमा थप स्पष्ट हुनुपर्ने धारणा समिति सदस्यहरुले राखेपछि उपसमितिमार्फत थप छलफल गर्ने निर्णय गरेको हो।

विधेयकमा सार्वजनिक संस्थामा सरकारी निकायका साथै प्रचलित कानून बमोजिम स्थापित संस्था, कम्पनी, समिति, बैंक मेडिकल कलेजलगायत अख्तियारको दायरामा आउने उल्लेख छ। निजी रुपमा खोलिएका कम्पनी, बैंकलगायत समेतलाई अख्तियारको दायरा राख्न नहुने केही सांसदहरूले धारणा राख्दै आएका छन्।

समिति सभापति रामहरि खतिवडाले विधेयकमा रहेका भाषालाई मिलाउन र निजी क्षेत्रमा अख्तियार प्रवेश गर्ने वा नगर्ने विषयमा छलफल गर्न चन्दा कार्की, सवेन्द्रनाथ शुक्ला लगायत सदस्य रहेको उपसमिति गठन गरिएको जानकारी दिए।

बैठकमा गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्ने बताए। निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने, जाने हो भने कतिसम्म जाने? भन्ने कुरामा स्पष्टता हुनुपर्ने बताएका थिए।

निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा ल्याउने प्रावधानमाथि समितिमा छलफल भएको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.