हज यात्रामा जान चाहनेका लागि आवश्यक सहजीकरण हुँदै

हज यात्रामा जान चाहनेका लागि आवश्यक सहजीकरण हुँदै
सुन्नुहोस्

काठमाडौं : नेपाल हज समितिले हज यात्रामा जान चाहने इस्लाम धर्मावलम्बीहरुका लागि आवश्यक सहजीकरण भइरहेको जनाएको छ। 

समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हज यात्रामा जान चाहने धर्मावलम्बीहरूका लागि आवेदन खुल्ला भइसकेको र हजयात्राको आवश्यक सहजीकरणको तयारी भइरहेको जनाएको हो।  सन् २०२५ मा हज यात्राका लागि साउदी अरेबियाको मक्का मदिना जान चाहनेहरूसँग समितिले करिब १ महिनाअघि नै आवदेन खुला गरेको छ।  

सन् २०२५ का लागि नेपालबाट एक हजार दुई सय जना इस्लाम धर्मावलम्बीहरुले हज यात्रा गर्न सक्नेगरी साउदी अरब सरकारबाट कोटा निर्धारण भएको समितिले जनाएको छ। पत्रकार सम्मेलनमा समितिका अध्यक्ष इश्रा मुल्ला मियाले समितिले आवश्यक सहजीकरणको काम भइरहेको भन्दै धेरै भन्दा धेरै सहभागीता जनाउन आग्रह गरे। उनले धेरै आर्थिक भार नपर्ने गरि कम भन्दा कम रकममा हज यात्रा गराउने गरि समितिले तयारी गरिरहेको जानकारी दिए। 

हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरूले नेपाल हज समितिको फारम भरी आवश्यक रकम आफैले व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ। गत वर्षको १२ सय जनाको कोटामध्ये ७ सय ६४ जना हजयात्रामा गएका थिए भने दुई जनाको यात्राका क्रममा मृत्यु भएको थियो। 

त्यस्तै गतवर्ष हज यात्राका लागि प्रति व्यक्ति ४ लाख १५ हजार रुपैया उठाइएको थियो। जसमध्ये प्रति व्यक्ति २३ हजार रुपैयाँ जोगिएकाले सम्बन्धित व्यक्तिको खातामा फिर्ता पठाउने तयारी भइरहेको समेत समितिले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.