कालोबजारी बढेको छ, बजार अनुगमन प्रभावकारी बनाऔं : उद्योग मन्त्री

कालोबजारी बढेको छ, बजार अनुगमन प्रभावकारी बनाऔं : उद्योग मन्त्री
सुन्नुहोस्

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वलक्षित अनुगमनलाई प्रभावकारी बनाइने बताएका छन्। बिहीबार साल्ट ट्रेडिङ कर्पोरेसनको कालिमाटीस्थित गोदामको निरीक्षण गर्दै मन्त्री भण्डारीले नयाँ योजनाका साथ अन्तरमन्त्रालय समन्वय गरी चाडपर्वलक्षित अनुगमनलाई प्रभावकारी बनाइने बताएका हुन्।

उनले वर्षमा चार हजार पटक अनुगमन हुँदा पनि पूर्णरुपमा सन्तोष गर्ने ठाँउ नरहेकाले अनुगमनलाई फरक ढंगले अघि बढाइने धारणा राखे। दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउने गरी अघि बढ्ने उनले बताए।

मन्त्री भण्डारी ६२ औँ वार्षिकोत्सवको कार्यक्रममा सहभागी हुन कालिमाटीस्थित कर्पोरेसनको कार्यालय पुगेका थिए । उनले चाडपर्वका लागि सुपथ मूल्य पसल स्थापनाको तयारी भइरहेको र कुनै पनि उपभोग्य वस्तुको अभाव हुन नदिने धारणा राखे।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.