बाँसघारीनजिक बेहोस भेटिएकी महिलाको मृत्यु

बाँसघारीनजिक बेहोस भेटिएकी महिलाको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङमा बाँसघारीनजिक बिहीबार दिउँसो बेहोस अवस्थामा भेटिएकी महिलाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको छ।  

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले लेटाङ नगरपालिका–३ त्रिशूली चोककी ४५ वर्षीया इन्द्रकमला राईको मृत्यु भएको जानकारी दिए। उनका अनुसार राई घरदेखि ५ सय मिटरजति पश्चिममा रहेको बाँस झ्याङमा दिउँसो १२ बजेतिर अचेत अवस्थामा भेटिएकी थिइन्। 

लडिरहेको अचेत अवस्थामा देखेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको बस्नेतले बताए। इन्द्रकमला खेतमा काम गर्नका लागि भनेर घरबाट गएको जानकारी परिवारले प्रहरीलाई दिएको छ। 

प्रहरीका अनुसार खेतमै रहेको बाँसघारीनजिक बेहोस अवस्थामा भेटिएकी महिलाको मृत्युको कारण खुल्न बाँकी छ। शवलाई प्राथमिक स्वास्थ्य केन्द्रमै राखेर  घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी बस्नेतले दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.