७३ जना बिरामीको उपचार

पूजाको प्रसाद खाँदा फुड पोइजन, डिस्चार्ज भएकाहरू फेरि अस्पताल भर्ना

पूजाको प्रसाद खाँदा फुड पोइजन, डिस्चार्ज भएकाहरू फेरि अस्पताल भर्ना
सुन्नुहोस्

झापा : झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर फुड पोइजन भएकाहरू पुनः अस्पताल भर्ना हुन थालेका छन् । स्वास्थ्यमा पुनः समस्या देखिएपछि डिस्चार्ज भएकाहरू फेरि अस्पताल भर्नासँगै बिहीबार नयाँ बिरामीहरू पनि थपिएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिए । 

उनका अनुसार बुधबार डिस्चार्ज भएका ५२ जनामध्ये ४९ जना पुनः अस्पताल भर्ना भएका छन् । बिहीबार नयाँ र पुराना गरी ७३ जना बिरामीको उपचार भइरहेको छ । ६ वर्षदेखि ७७ वर्ष सम्मका वृद्धालाई फुड पोइजन भएको जनाइएको छ । बिरामीहरूमा १०४ डिग्रीसम्म ज्वरो आउने, बान्ता हुने, पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखा परेको छ । 

१५ शय्या शनिश्चरे अस्पतालमा जनशक्ति तथा पूर्वाधार अभाव भएका कारण १० वर्षमुनिका र ७० वर्षभन्दा माथिका ३९ जना बिरामीलाई मेची प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएको उनले बताए ।

मंगलबार अर्जुनधारा नगरपालिका– ९ स्थित खरबन्दी निवासी रिता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो । प्रसाद खाएको केही समय पश्चात् नै अधिकांशलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण देखा परेको थियो। के भएर यति धेरै जना बिरामी परेको भनेर अनुसन्धान गर्न पाँच जनाको रगत र दिशा परीक्षण गर्न लगाइएको अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.