भरुवा बन्दुक पड्किँदा युवक घाइते

भरुवा बन्दुक पड्किँदा युवक घाइते
सुन्नुहोस्

चितवन : बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्किँदा भरतपुर-२९ मा २३ वर्षीय पासाङ भुजेल घाइते भएका छन्।

खेतमा लगाएको मास खान आएको बाँदर धपाउन जाँदा चिप्लिएर लड्ने क्रममा आफैंले बोकेको बन्दुक पड्किँदा भुजेल घाइते भएका हुन्। उनको शरीरमा छर्राले लागेको छ।  उनको पुरानो मेडिकल कलेजमा प्राथमिक उपचारपश्चात उपचार थप उपचारका लागि नयाँ मेडिकल कलेजमा भर्ना गरिएको छ। 

सोही ठाउँमा भरुवा बन्दुक बोकेर हिँडेका ४४ वर्षीय कुमार गुरुङ पक्राउ परेका छन्। घटनापछि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षकको नृतत्वमा गएको टोलीले भरतपुर२९ विनीडाँडाबाट गुरुङलाई पक्राउ गरेको हो। 

त्यस्तै सोही वडाको सिरुबारीस्थित झाडीमा एउटा भरुवा बन्दुक फेला पारेर बरामद गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.