बाढी पहिरोले तीनवटा पुल बगायो

बाढी पहिरोले तीनवटा पुल बगायो
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको दुप्चेश्वरमा पहिरोपछि आएको बाढीले पुल बगाएको छ। खेती गरेको जमिन कटानका साथै जलविद्युत योजनाका संरचनामा समेत क्षति पुर्‍याएको छ। सडकमार्ग अवरद्ध भएको छ। 

दुप्चेश्वर गाउँपालिका-१ घ्याङ्फेदीमा बाढी पहिरोले तीनवटा पुल बगाएको छ। वर्षासँगैको पहिरोले पुल बगाएर बाटो अवरुद्ध भएको छ। झोलुङ्गे र काठे पुल बगाउनुका साथै अन्य संरचनामा ठूलो क्षति गरेको गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले बताए। उनका अनुसार पहिरो पन्छाएर बाटो खुलाउने कार्य भइरहेको छ। 

बाढी पहिरोले तालु र कसेरी जोड्ने झोलुङ्गे पुल, शिशिपुबाट कसरीतर्फ जाने झोलुङ्गे पुल, फेदी र घोप्टेभिर बीचको कुटुम्साङतर्फ  जाने बाटोको काठेपुल वगाउनुका साथै स्योलोलो पारीको जग्गा कटान र खेती बाली पुरेको, कुटुङ खोला माथिको सडक बाटोमा क्षतिका साथै सूर्यकुण्ड जलविद्युत पाइपलाइन नजिकका वालहरूमा क्षति पुर्‍याएको अध्यक्ष थापाले बताए।

घ्याङ्फेदी हुँदै कुटुङ जाने बाटो पूर्ण रूपमा अवरुद्ध रहेको छ। पहिरो पन्छाएर बाटो सुचारु गर्नका लागि स्थानीय प्रशासनलाई जानकारी गरिएको स्थानीयवासी नीलकण्ठ आचार्यले जानकारी दिए। वर्षासँगै आएको बाढीले पुल र गोठमा पालिएका केही चौपाया बगाएको आचार्यले जानकारी दिए।  पहिरोसहितको बाढीमा केही गोठ बगेर चौपायाहरू बेपत्ता भएको बताइएको छ।

नुवाकोटको दुप्चेश्वरको  दुर्गम घ्याङफेदीमा पहिरो र बाढी जाँदा भएको क्षतिको विवरण संकलन र समस्या समाधानको कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। भौतिक संरचना, गोठ तथा पशुचौपायाको क्षतिको थप विवरण संकलन जारी रहेको प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.