ट्यांकरले ठक्कर दिएका युवकको उपचारका क्रममा मृत्यु

ट्यांकरले ठक्कर दिएका युवकको उपचारका क्रममा मृत्यु
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज–१७ अलौंस्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) चोकमा बिहीबार ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।

आईसीपी चोकमा बिहीबार दिउँसो साढे ३ बजेतिर ना ६ ख ७५०३ नम्बरको ट्यांकरको ठक्करबाट ना २९ प ६९५१ मोटरसाइकल चालक वीरगन्ज–१७ अलौंका २२ वर्षीय टिनु कुमार साह तुराहा गम्भीर घाइते भएका थिए।वीरगन्जको गण्कस्थित बयोधा मेडिसिटी हस्पिटलमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

दुर्घटना लगत्तै गम्भीर घाइते साहलाई उपचारका लागि सुरुमा बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा  लगिएको थियो। त्यसपछि बयोधा मेडिसटी हस्पिटलमा भर्ना गरिएका साहको उपचारका क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए। उनका अनुसार ठक्कर दिने ट्यांकर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

यसैबिच ट्याक्टरका चालकले जानाजान मोटरसाइकलमा ठक्कर दिएको भन्दै आक्रोशित स्थानीयवासीले अलौं चोकमा बिहीबार टायर बालेर सडक अवरुद्ध गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको थियो। सडकमा टायर बालेर सडक अवरुद्ध गरेका प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गर्दा झडप भएको थियो। झडपमा प्रहरीको लाठी चार्जबाट स्थानीय मोहित साह घाइते भएका थिए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.