जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध

विद्युतका तार पहिरोसँगै सेती नदी पुगे, यातायात ठप्प

विद्युतका तार पहिरोसँगै सेती नदी पुगे, यातायात ठप्प
तस्बिर : अन्नपूर्ण

बझाङ : नेपाल विद्युत प्राधिकरणको डडेल्धुरा-बझाङ जोड्ने राष्ट्रिय प्रसारण लाइनअन्तर्गत तमैल अगाडीको सुख्खा पहिरो खसेको स्थानमा विद्युतका तार चुँडिदा बिहीबार साँझदेखि बझाङका अधिकांश बस्ती अन्धकार भएका छन् ।

बिहीबार बेलुका तमैल नजिकै रहेको भीर माथिबाट पहिरोसँगै आएका  ढुंगा लाग्दा विद्युतका तार  चुँडिएका हुन् । चुँडिएका तार पहिरोसँगै सेती नदी पुगेको वितरण केन्द्र बझाङले जनाएको छ । बिहीबार पहिरो निरन्तर खसेकाले विद्युत सुचारु गर्न नसकिएको वितरण केन्द्र बझाङका प्रमुख सुजन खड्काले बताए ।

उनका अनुसार यसअघि पटकपटक अवरुद्ध भएको त्यो ठाउँबाट अन्त सार्ने सम्भावना खोजी गरे पनि सेती पारी सम्भव देखिएको छैन । अबरुद्ध विद्युत आज सुचारु गरिने वितरण केन्द्र बझाङले जनाएको छ । विद्युतका कर्मचारी बिहानैदेखि फिल्डमा खटिसकिएको तर कैलाली, डडेल्धुरा पनि विद्युत नभएकाले बझाङ त्यहाँ आपूर्ति भएपछि मात्रै बझाङ विद्युत सुचारु हुने वितरण केन्द्र प्रमुख खड्काको भनाइ छ । 

यस्तै बिहाबार बिहान तमैल नजिकै भीर र जालेवगरमा पहिरो जाँदा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दिउँसो खुलाइए पनि बेलुका पुनः पहिरो जाँदा आवागमन ठप्प बनेको छ । जयपृथ्वी राजमार्ग अवरुद्द हुँदा बिहीबार साँझदेखि बझाङमा यातायात आवागमन ठप्प भएको हो ।

अबिरल वर्षाका कारण पहिरो लगातार झरिरहेकाले आवतजावत गर्न समेत समस्या भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार लगातारको वर्षाका कारण जेसिबी चालकसँग सम्पर्क हुन सकिरहेको छैन । यस बर्खायाम सुरू भएसँगै जयपृथ्वी राजमार्ग ४५ भन्दा बढी पटक अवरुद्ध भइसकेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.