रामेछापका तामाङ समुदायले धुमधामँग मनाए सोनाम ल्होसार
रामेछाप : सोनाम ल्होसारको अवसरमा रामेछापका तामाङ समुदायले धुमधामसँग पर्व मनाएका छन् । रामेछापको कूल जनसंख्याको झण्डैं ३३ प्रतिशतको संख्यामा रहेको यो समुदायले आफ्नो संस्कृति र परम्परालाई जगेर्ना गर्न आफ्नो धर्म संस्कृति अनुसारका कार्यक्रमहरू गर्दै आएको छ।
तामाङ समुदायले ल्होसारको अवसरमा बिहीबार सदरमुकाम मन्थलीमा प्रवातफेरी गर्दै डम्फु र झाँकी समेत प्रदर्शन गरेका थिए । यसैगरी जिल्लाका विभिन्न पालिकाहरूमा समेत विविध कार्यक्रम गरि ल्होसार मनाइएको सोनाम ल्होसार मुल समारोह समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !