गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षको निधन

गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षको निधन

बागलुङ : बागलुङमा भएको गाडी  दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको पुष्टि भएको छ।  

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले दुर्घटनामा  उपाध्यक्ष  बुढाको निधन भएको पुष्टि गरे।  बाँकी दुईजनाको सनाखत भने भएको छैन। दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनास्थलमा उपाध्यक्ष बुढाको परिचय खुल्ने कागजात समेत भेटिएको थियो।

रा १ झ २०० नम्बर प्लेटको सरकारी गाडी शुक्रबार बिहान बागलुङको गलकोट नगरपालिका वडा नम्बर  २ नरेठाँटीको भुङखानीमा दुर्घटना भएको थियो।

दुर्घटनास्थलमा दुई महिला र एक पुरुषको शव भेटिएको छ। एकजना गम्भीर घाइते भएको बुझिएको छ । घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । गाडी सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको थियो।


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.