ॐ सम्पदाले समृद्ध ‘पाञ्चालदेश’

गन्तव्य

ॐ सम्पदाले समृद्ध ‘पाञ्चालदेश’
फोटो सौजन्य :  प्रशान्त श्रेष्ठ

धार्मिक स्थलहरू र चाडपर्वहरूको समृद्धिले पनौतीलाई एक अनौठो धार्मिक पर्टकीय गन्तव्य बनाएको छ। नेपालका सांस्कृतिक धरोहरलाई अनुभव गर्न चाहनेहरूका लागि पनौती एक आदर्श गन्तव्य हो।

रोशी, पुण्यमती र लीलावती नदीहरूको संगमस्थलमा अवस्थित मनोहरबस्ती पनौती परम्परागत घर, आँगन, मन्दिर र स्मारकहरूले सजिएको छ। यहाँका घरहरू परम्परागत रूपमा बनाइएका छन्। यहाँका अनौठा छाना र झ्यालहरूले यस नगरको कारिगरीको उत्कृष्टता प्रमाणित गर्छन्। स–साना र साँघुरा गल्लीहरूमा पत्थर र इँटाको प्रयोग गरिएको छ। सतल सहरभरि छरिएका छन्। यो हजारौं देवता र देवीहरूको नगर भएकाले यहाँको हरेक पत्थरमा अलौकिकता अनुभव गर्न सकिन्छ।

काठमाडौंबाट ३२ किलोमिटर दक्षिणपूर्व दिशातर्फ रोशी र पुण्यमती खोलाहरूको संगममा अवस्थित पनौती नेपालका प्राचीन नगरमध्ये एक हो। किवंदन्तीअनुसार ‘पनौती’ नाम संस्कृतको ‘पूर्णमती’ शब्दको अपभ्रंश हो जसको प्रतीकात्मक अर्थ सम्पूर्णता हो। स्थानीय नेपाल भाषामा पनौतीलाई पलाती भनिन्छ। जसको अर्थ पाइला राख्नु हो। पनौतीको महाभारतकालीन प्राचीन नाम ‘पाञ्चालदेश’ पनि हो। प्राचीन सम्पदाले भरपुर पनौतीलाई ४० मन्दिर र २८ जात्राहरूको नगर भनेर पनि चिनिन्छ।

सांस्कृतिक समृद्धि, रोशामती, पुण्यमती र लीलावतीको संगमले यो नगरलाई एकता र शान्तिको अनुभूति दिन्छ। नगरको बीचमा रहेको इन्द्रेश्वर महादेव मन्दिरले नगरका कारिगर र वस्तुहरूको समृद्धि प्रमाणित गर्छ। इन्द्रेश्वर महादेव नेपालको पुरानो संरक्षित हिन्दु मन्दिरमध्ये एक हो जुन एक सिंगो जगमा उभिएको छ। पगोडा शैलीको मन्दिरहरू भएको यस धार्मिक केन्द्रमा हजारौं भक्तजन मोक्ष र मुक्ति प्राप्त गर्न प्रार्थना गर्छन्।null

पुरातत्त्व विभागले प्रारम्भिक चरणमा गरेको रेखांकन भित्रको सानो क्षेत्रफलमा फैलिएको पनौतीको सम्पदा क्षेत्रमा ४० भन्दा बढी मन्दिर, पाटीपौवा र अन्य ऐतिहासिक संरचना छन्। सन् १२९४ मा निर्माण गरिएको इन्द्रेश्वर महादेव मन्दिर यसको उत्कृष्ट उदाहरण हो। यहाँका अन्य महत्त्वपूर्ण मन्दिरमा १७औं शताब्दीको ब्रह्मायानी मन्दिर र त्रिवेणीघाटमा रहेको कृष्णमन्दिर पनि समावेश छन्। यहाँका धार्मिक स्थलहरूमा आधा दर्जन बढी स्तूपहरू, तीन वटा द्योछें (देवता मूर्तिहरू राखिएका सामुदायिक घरहरू) र एक बौद्धविहार (बहा : ) समावेश छन्। नगरमा धेरै पौवापाटी, तीनवटा डबली, ६ वटा ढुंगेधारा र तीनवटा चोक पनि छन्।

महत्त्वपूर्ण मन्दिरहरूमा तीनतले इन्द्रेश्वर महादेव मन्दिरले नेवार कारिगरीको राम्रो उदाहरण प्रस्तुत गर्दछ। यसका निकटवर्ती कृष्ण मन्दिर, उन्मक्त भैरव मन्दिर र अहिल्या मन्दिर पनि उल्लेखनीय छन्। १७औं शताब्दीको ब्रह्मायानी मन्दिर र त्रिवेणी घाटमा रहेको कृष्ण नारायण मन्दिर पनि महत्त्वपूर्ण स्थलहरू हुन्।

पनौतीको प्राचीनता पुरातात्त्िवक महत्त्वका मठमन्दिर, शिलालेख, प्रस्तर मूर्तिहरू, बौद्ध विहार, चैत्यहरू, आधा दर्जन स्तूपहरू र सामुदायिक घरहरूले पुष्टि गर्छ। नगरका फल्चा (पाटी), डबली, हिटी (ढुंगेधारा) र चुकननी (सार्वजनिक चोकहरू) सांस्कृतिक समृद्धिको गहना हुन्। उन्मुक्त भैरव मन्दिर र अहिल्या मन्दिरले नेवारी वास्तुकलाको उत्कृष्टता प्रकट गर्छन्। हिन्दु पौराणिक कथाहरूअनुसार महादेव र इन्द्रजस्ता देवताहरूलाई पनौतीमा एकान्तवास गर्न परेको उल्लेख छ। तीन नदीहरूको संगम त्रिवेणीघाटमा पुण्यमाता र रोशी नदीहरू देख्न सकिन्छ भने तेस्रो नदी लीलावती अदृश्य मानिन्छ।

पनौतीको सांस्कृतिक सम्पदामा ‘योमरी’ विशेष स्थान राख्छ। योमरीको आविष्कार पनौतीमै भएको मानिन्छ र योमरीपुह्नी पर्व पनि यहाँबाट सुरु भएको विश्वास छ। किंवदन्तीअनुसार सुचन्द्र र कृति नामको एक दम्पतीले योमरीको आविष्कार गरेका हुन्। योमरीलाई ‘मन परेको रोटी’ भनेर पनि चिनिन्छ र यसको स्वाद धनपति कुबेरलाई पनि मन परेको जनविश्वास छ। योमरीपुन्ही धानबाली काट्ने अन्तिम दिन मनाइने पर्व हो जुन नेपाल सम्बत्को थिंला महिनाको पूर्णिमाको दिन मनाइन्छ।

पनौतीमा बाह्र वर्षमा एकपटक मकर मेला लाग्छ। एक महिना लामो यो मेलामा टाढाटाढका तीर्थयात्रीहरू पवित्र स्नान गर्न र पुण्य कमाउनका लागि आउँछन्। पनौतीमा मनाइने विभिन्न चाडपर्व र उत्सवहरू यसको सांस्कृतिक समृद्धिका प्रमाण हुन्। पनौतीका सम्पदा र सांस्कृतिक सम्पदाको संरक्षणमा पुरातत्त्व विभाग, पनौती नगरपालिका र नागरिक समाजको सामूहिक प्रयास सराह्रनीय छ।

पनौती हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरूको लागि पवित्रस्थल हो। महाभारत युगको पाञ्चाल नगर मानिने पनौतीमा पाण्डवका पाँच दाजुभाइसँग विवाह गरेकी राजकुमारी द्रौपदीको जन्म भएको विश्वास छ। पनौतीलाई महाभारत सर्किटको प्रमुख स्थानको रूपमा पुनर्परिभाषित गर्ने सम्भावना रहेको छ।

पनौती बौद्ध धर्मावलम्बीहरूको लागि पनि पवित्रस्थल हो। किंवदन्तीअनुसार पनौतीका राजकुमार महासत्त्वले भरखर जन्मिएका डमरुहरूले घेरिएको भोको बघिनीलाई आफ्नै शरीरको मासु काटेर खुवाएर प्राण त्यागेपछि उनी नमोबुद्धको नामले प्रसिद्ध भए। नमोबुद्ध हिन्दु र बौद्ध दुवैका लागि पवित्र तीर्थस्थल हो र यसलाई विश्व सम्पदाको मान्यता प्राप्त गर्ने बलियो हकदार मान्न सकिन्छ।

पनौती लगभग जनसंख्या ३० हजार भएको ६ वटा गाउँहरूको सामुदायिक बस्ती हो। ती हुन्, पनौती, माल्पी, तौखेल, सुब्बागाउँ, सुनथान, र खोपासी। यहाँका प्रमुख जातिहरू नेवार, तामाङ ब्राह्मण र छेत्री हुन्। पनौतीको प्राचीन मानवबस्ती एउटै ढुंगामाथि बनेको विश्वास गरिन्छ। यहाँ भूकम्पको धक्का महसुस हुँदैन। सन् १९३४ र सन् २०१५ का महाभूकम्पबाट नेपालका ठूलो भूभागमा ठूलो मानवीय क्षति भए पनि पनौतीमा क्षति नगण्य रह्यो। नगरको अमूर्त सांस्कृतिक सम्पदाहरू विभिन्न चाडपर्वमा प्रकट हुन्छन्। यहाँका प्रमुख अमूर्त सांस्कृतिक सम्पदाहरू निम्नानुसार छन्  : 

  • ज्या पुन्ही (पनौती जात्रा)  :  यो मे–जुन महिनामा हुने तीनदिने फसलपछिको चाड हो। ज्या पुन्हीमा देवता मूर्तिहरू रथमा राखेर नगर परिक्रमा गरेर जात्रा गरिन्छ। जात्राको अन्त्यमा हजारौं दर्शकको उत्साहजनक उपस्थितिमा रथहरू भिडाइन्छ।
  • मकर मेला  :  यो १२ वर्षमा एकपटक हुने महिनाभर रोशी, पुण्यमती र अदृश्य लीलावती नदीहरूको संगम त्रिवेणी घाटमा चल्ने मेला हो। यस मेलामा विभिन्न देवता मन्दिरहरूको घेरामा रहेको पवित्र पानीमा स्नान गरी शुद्धीकरण गर्न मुख्य उद्देश्य राखिन्छ।
  • योमरी पुन्ही  :  यो चाड योमरीको सिर्जना उत्सव हो, जुन गहुँको आटामा खसखसको बीउ र गुडको मि श्रणमा बनाइन्छ। यो स्तूपका आकारमा बनाइन्छ। बच्चाहरू आफ्ना टोलहरूमा घरघर जान्छन् र घरकी महिलाबाट योमरी संकलन गर्छन्।
  • नमोबुद्ध मेला  :  यो मेला मातृ दिवसको तीन दिनअघि नमोबुद्धमा मनाइन्छ। आफ्नो शरीरको बलिदान गरेका राजकुमार महोसत्वको सम्मानमा उनको बलिदानस्थल नजिकैको जंगलमा मनाइने यो धार्मिक मेला हिन्दु र बौद्ध दुवैका लागि पवित्र मानिन्छ।
  • देवी नाच (मुकुण्डो नाच)  :  पनौतीमा उत्पन्न यो मुकुण्डो नाच देवता, यक्ष र जनावरहरूलाई मुकुण्डोमार्फत प्रस्तुत गर्छ। यो इन्द्रजात्राका दिन प्रदर्शन गरिन्छ।

धार्मिक स्थलहरू र चाडपर्वहरूको समृद्धिले पनौतीलाई एक अनौठो धार्मिक पर्टकीय गन्तव्य बनाएको छ। नेपालका सांस्कृतिक धरोहरलाई अनुभव गर्न चाहनेहरूका लागि पनौती एक आदर्श गन्तव्य हो। २३ मे १९९६ देखि पनौतीका प्रारम्भिक मध्यकालीन स्मारकहरू युनेस्कोको विश्व सम्पदा क्षेत्रहरूको अस्थायी सूचीमा समावेश गरिएको भए पनि पनौती विश्व सम्पदा सूचीमा समावेश हुन सकेको छैन। पनौतीलाई विश्व सम्पदाको मान्यता दिलाउने प्रयासमा पनौती नगरपालिकासहितका स्थानीय बुद्धिजीवी र समाजसेवीहरू सक्रिय छन्।

प्रारम्भिक चरणमा पुरातत्व विभागले किटान गरेको क्षेत्रफलभित्रकै सम्पदाहरू मात्रलाई समेटर युनेस्को विश्व सांस्कृतिक सम्पदास्थलको सूचीकृत गर्न अब ढिलो गर्नु नहुने धारणा राख्छन् पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्य। उनले निजी आवासीय क्षेत्रलाई पनि सम्पदा क्षेत्रमा राख्दा जनतालाई मर्का पर्न सक्ने औंल्याउँछन्। सम्पदा क्षेत्रमा पर्न सक्ने निजी घरहरूलाई सम्पदा मैत्री बनाउन पुरातत्त्व विभाग स्थानीय सरकार र घरधनीहरूका बीच तार्किक निष्कर्षसहितको संवाद हुनुपर्ने कर्माचार्यको भनाइ छ। पनौतीवासी प्रशान्त श्रेष्ठका अनुसार विश्व सम्पदाबारे जनमानसमा पर्याप्त जानकारी नभएकाले जनचेतनाका विस्तार गर्ने कार्य पनौती अध्ययन केन्द्र र पनौती पर्यटन विकास केन्द्रले काम सुरु गरिसकेको छ।

पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले दिएको जानकारीअनुसार पनौतीलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि सम्पदाको महत्त्व र समुदायको कर्तव्यबारे पुरातत्त्व विभाग र सम्पदाविद्हरूको सहयोग र नगरपालिकाको संयोजनमा समुदायस्तरमा छलफल भइरहेको छ। सम्पदा मैत्री निर्माणका लागि नगरवासीलाई प्रोत्साहन सहयोग गर्न नगरपालिकाले बजेट विनियोजन गरेको उनको भनाइ छ। सम्पदाहरूको ‘इन्भेन्ट्री’ बनाउने काम अघि बढेको र व्यवस्थापन योजना साथै क्षेत्रगत योजना बनाउन पुरातत्त्व विभागसँग नगरपालिकाको सहकार्य भइरहेको उनको भनाइ छ।

पनौतीको सांस्कृतिक धरोहर र ऐतिहासिक महत्त्वलाई विश्वस्तरीय मान्यता प्राप्त गर्न युनेस्को सांस्कृतिक सम्पदा सूचीमा समावेश गर्न निरन्तर प्रयास जारी रहनु आवश्यक छ। यस नगरको प्राचीनता, सांस्कृतिक समृद्धि र धार्मिक महत्त्वले यसलाई नेपालको ऐतिहासिक र सांस्कृतिक नक्सामा एक महत्त्वपूर्ण स्थान प्रदान गर्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.