काहुँडाँडा-धरहरा खानेपानी आयोजनाका समस्या हटाउन मन्त्रालयले पहल गरिसकेको छ : मन्त्री यादव

काहुँडाँडा-धरहरा खानेपानी आयोजनाका समस्या हटाउन मन्त्रालयले पहल गरिसकेको छ : मन्त्री यादव
सुन्नुहोस्

पोखरा : खानेपानी मन्त्री प्रदीप यादवले उपभोक्ताहरूले सामना गरिरहेका समस्याको समाधानका लागि सरकार तत्पर रहेको बताएका छन्। पोखरा महानगरपालिका–११ स्थित काहुँडाँडा धरहरा खानेपानी आयोजना अवलोकनपछि स्थानीयहरूसँग छलफल गर्दै उनले सरकारले गुणस्तरीय र भरपर्दो सेवा दिन प्रतिबद्धता जनाउँदै ढिलासुस्तीको अन्त्य गर्न ठोस कदम चाल्ने जानकारी गराए।

यसैगरी मन्त्री यादवले आयोजनामा देखिएका प्राविधिक समस्याहरूलाई सम्बोधन गर्न मन्त्रालयले आवश्यक पहल गरिसकेको बताएका छन्। उनले भने, 'काहुँडाँडा धरहरा आयोजनामा केही प्राविधिक चुनौतीहरू देखिएका छन्, त्यसको समाधानका लागि अर्थ मन्त्रालयसँग सहकार्य भइरहेको छ । सरकारले ढिलासुस्ती हुन नदिन हरेक सम्भव प्रयास गर्नेछ ।'

मन्त्री यादवले आयोजनाको शीघ्र सम्पन्नताले काहुँडाँडाका बासिन्दाहरूलाई स्वच्छ र भरपर्दो खानेपानी उपलब्ध गराउने उल्लेख गर्दै मन्त्रालयले आयोजनालाई तीव्र गतिमा सम्पन्न गराउन हरेक कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरे। 

त्यसै गरी मन्त्री यादवले पोखरा महानगरपालिका–३० स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दै बिजुली दर छुटको विषयमा प्रधानमन्त्रीसँग छलफल गरेर समाधान निकाल्ने प्रतिबद्धता जनाए। 

कामको जिम्मा पाएका ठेकेदारहरूको ढिलासुस्तीप्रति आफू गम्भीर रहेको बताउँदै उनले सार्वजनिक खरिद प्रक्रियामा रहेका कमजोरीहरूलाई सुधार गर्न सरोकारवाला निकायहरूसँग निकट भविष्यमै छलफल गर्ने बताए।

यसअघि मन्त्री यादवले जापान सरकारको सहयोगमा निर्माणाधीन पोखरा खानेपानी सुधार आयोजनाको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले आयोजनाको प्रगति, चुनौतीहरू र आगामी योजनाहरूको जानकारी लिँदै ओभरहेड ट्याङ्की निर्माणमा देखिएका अवरोध हटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय भइरहेको जानकारी गराए।

आजै मन्त्री यादवले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग भएको छलफलमा पोखरा खानेपानी आयोजना सम्पन्नमा अवरोध बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा पनि आफू गम्भीर रहेको बताउँदै मन्त्री यादवले आवश्यक समन्वयका उपायहरूको खोजी गरिरहेको बताए। मन्त्री यादवले दुबै आयोजनालाई देशको प्रतिष्ठासँग जोडिएको उल्लेख गर्दै कुनै अवरोधबिना ती आयोजनाहरूलाई अघि बढाउनुपर्नेमा जोड दिए।

उक्त आयोजनाको अनुगमनमा खानेपानी मन्त्रालयका सचिव ई. प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका अध्यक्ष गुनाखर भुसाललगायत विभिन्न अधिकारीहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.