लोसपाको मधेस प्रदेशको संसदीय दलको नेतामा सोनल चयन

लोसपाको मधेस प्रदेशको संसदीय दलको नेतामा सोनल चयन
सुन्नुहोस्

वीरगन्ज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्। सोनल  बाराको निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन्।

जनकपुरमा बसेको लोसपाको संसदीय दलको बैठकले लोसपाका मधेस प्रदेश अध्यक्षसमेत रहेका सोनललाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो। मधेस प्रदेश सभामा लोसपाका एक निलम्बितसहित ९ जना प्रदेश सभा सदस्य छन्।

संसदीय दलको बैठकले संसदीय दलको नेतामा सोनललाई चयन गरेको निर्णय प्रदेश सभाका सभामुखकोमा पठाएको र सभामुखबाट पनि उक्त निर्णय अनुमोदन भइसकेको सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए।

यसअघि उनि २०७४ देखि २०७९ सम्म पनि लोसपाको संसदीय दलको नेता थिए। सोनल मधेस प्रदेश सरकारको पूर्व भौतिक पुर्वाधार विकासमन्त्री पनि हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.