त्रिशूली अस्पतालमा जटिल शल्यक्रिया

त्रिशूली अस्पतालमा जटिल शल्यक्रिया
सुन्नुहोस्

नुवाकोट : नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा जटिल शल्यक्रिया गरिएको छ। मेडिकल क्षेत्रमा दुर्लभ र निकै कठिन मानिने शल्यक्रिया गरेर उपचार गरिएको अस्पतालले जनाएको छ। अस्पतालमा एक जना महिलाको पेटभित्र सालले घाँटी बेरिएर रहेको अवस्थामा शिशुलाई शल्यक्रियामार्फत जन्म दिइएको राजेन्द्र लामाले जानकारी दिए। 

डा. लामाका अनुसार गाइनेकोलोजिस्टद्वय डा. अनिलकुमार खरेल र डा. दीपिका श्रेष्ठ तथा एनेस्थेसियालोजिस्ट डा. पार्वती गौतम र अपरेसन थिएटर इन्चार्ज चारु थापामगरसहितको समूहले सफल शल्यक्रिया गरेर आमा र बच्चा दुवैलाई बचाउन सफल भएको हो।

नुवाकोटको म्यागङ-४ की एक जना महिलाको गर्भमा शिशुको घाँटीमा तीन फन्को साल बेरिएको, उल्टो बसेको र निस्सासिएको अवस्थामा आकस्मिक शल्यक्रिया गरी आमा र बच्चा दुवैलाई सफलतापूर्वक बचाउन सफल भएको डा. लामाले बताए । 

४१ वर्षीया ती महिलाको दोस्रो गर्भ रहेको र सफल शल्यक्रिया भएको हो। ‘अस्पतालमा गर्भवती सेवा अन्तर्गत शल्यक्रियामार्फत सुत्केरी गराउँदै आए पनि सो किसिम (सिजरियन सेक्सन अप्रेसन)को अत्यन्त जोखिम अवस्थामा पुगेको सुत्केरीको शल्यक्रिया पहिलो पटक गरिएको हो। ‘अस्पतालका निर्देशक डा.लामाले भने’, यस्तो अवस्थामा तत्कालै बच्चा निकालेर आमा र शिशुलाई बचाउन सक्नु ठूलो उपलब्धि मानिन्छ,’ उनले भने।

यस किसिमको शल्यक्रियालाई चिकित्सकीय भाषामा सिजरियन सेक्सन अप्रेसन भनिने र जोखिम अवस्थाको निकै दुर्लभ मानिने उक्त अवस्थाको गर्भवतीलाई विगतमा काठमाडौंको सुविधा सम्पन्न अस्पतालमा सिफारिस गर्ने गरिएकोमा हाल त्रिशूली अस्पतालमै शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले जानकारी दिए। 

उनका अनुसार गर्भवती जाँच गराउन अस्पताल पुगेको महिलाको भिडियो एक्सरेमार्फत परीक्षण गराउँदा बच्चा उल्टो बसेको र घाँटीमा साल बेरिएर निसास्सिएको पाइएपछि आमा र शिशु बचाउन आकस्मिक शल्यक्रिया गरिएको हो।

‘गर्भमा बच्चा उल्टो बस्नु अथवा साल बेरिनु मध्ये कुनै एक किसिमको जोखिमको बहन गरिँदै आए पनि दुवै समस्यामा रहेको जोखिमलाई निकै दुर्लभ मानिन्छ,’ अस्पतालका निर्देशक लामाले भने।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.