झापाका पाँच पालिकामा भोलि सार्वजनिक बिदा

झापाका पाँच पालिकामा भोलि सार्वजनिक बिदा
सुन्नुहोस्

झापा : झापाका पाँच पालिकाले भोलि सार्वजनिक बिदा दिएका छन्। 

इस्लाम धर्मावलम्वीहरुको पैगम्बर हजरत महमद मुख्ताफ सल्लल्लाहो अलौही वासल्लमको १४५३ औ जन्मजयन्तीका अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, बाह्रदशी, कचनकवल, झापा र गौरीगञ्ज गाउँपालिकाले भोलि सोमबार स्थानीय बिदा दिएका हुन्। 

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाँई, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया र कचनकवल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले छुट्टाछुट्टै सूचना जारी गर्दै अति आवश्यकबाहेक पालिकाको कार्यालय, मातहतका शाखा, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरू बन्द रहने जनाएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.