एमबीबीएस प्रवेश परीक्षाको नतिजा त्रुटि प्रकरण : न्याय कुर्दै विद्यार्थीहरू

एमबीबीएस प्रवेश परीक्षाको नतिजा त्रुटि प्रकरण : न्याय कुर्दै विद्यार्थीहरू
सुन्नुहोस्

काठमाडौं : चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थीले आन्दोलनलाई निरन्तरता दिएका छन् । नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै उनीहरूले १६ दिनसम्म पनि आन्दोलन जारी राखेका हुन् । सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गर्दै उनीहरूले ओएमआर सिट हेर्न पाउँ, विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्न पाइँदैन भन्नेलगायतका नारा लगाएका थिए ।

आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा गरेको त्रुटि लुकाएको र अब आयोगमाथि नै विश्वास नरहेको आन्दोलनरत विद्यार्थी जीवन सिंहले बताए । उनले आफूहरूले अदालतको ढोका ढकढकाएकाले अदालतले नै न्याय दिने विश्वास व्यक्त गरे।

आयोगले प्रकाशित गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा एमबीबीएसतर्फ गम्भीर त्रुटि गरेको तथ्य बाहिरएसँगै विद्यार्थीहरूले आफूले लेखेको उत्तरपुस्तिका,अयोगले दिएको नम्बरको एन्सर कि र आयोगले सोधेको प्रश्नपत्र हेर्न पाउनुपर्ने माग राख्दै आएका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.