बसन्तपुरमा कुमारीको सामूहिक पूजा (तस्बिरसहित)
काठमाडौं : इन्द्र जात्राको दोस्रो दिन आज बसन्तपुर दरबार स्क्वायरमा कुमारी पूजा गरिएको छ । पूजामा ५०४ कुमारी देवीहरूको सहभागिता रहेको थियो । हरेक वर्ष ‘कुमारी पूजा सेवा समिति भक्तजन परिवार’ले इन्द्रजात्राको अवसरमा कुमारी पूजाको आयोजना गर्दै आएको छ । दुर्भाग्य र रोगबाट बच्न देवीको आशीरवाद लिन महत्वपूर्ण मानिन्छ ।
महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्पराअनुसार सामूहिक कुमारी पूजा गरिएको हो। पूजाका लागि कुमारीहरूलाई विशेष रुपमा सिंगारिएको थियो। बेल विवाह नगरेका नेवार समुदायका २ देखि ८ वर्ष उमेर समूहका बाल कुमारी पूजामा सहभागी भएका हुन्।
कुमारी पूजा गर्दा उनीहरू स्वस्थ्य र सुरक्षित हुने विश्वास छ।