सहकारी ठगी प्रकरण
सहकारीकै रकमबाट गोर्खा मिडिया चलेको देखिएकाले दोषी को हो ? भन्ने स्पष्टै छ : नेता महत
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गोर्खा मिडियामा ऋण प्रवाह भएको सहकारीको रकम प्रयोग गर्नेहरू कारवाहीको दायरामा आउने बताएका छन्। सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले गोर्खा मिडियामा रहँदा लामिछानेले सहकारीबाट आएको रकमबाट संस्था सञ्चालन गरेकाले दोषी होइनौं भन्ने कुरा गैरजिम्मेवार भएको समेत बताए।
सहकारीकै रकमबाट गोर्खा मिडिया चलेको देखिएकाले दोषी को हो भन्ने स्पष्टै रहेको उनको भनाइ छ। प्रवक्ता महतले सरकारले प्रतिवेदनका आधारमा दोषीमाथि कारवाही चलाउने जिकिर गरे। उनले सहकारी छानविन समितिको प्रतिवेदन छिटै सार्वजनिक हुने बताए।