झलनाथ खनालले भने : उपमहासचिव चौधरीले राष्ट्रघाती अभिव्यक्ति दिए, तत्काल कारबाही गरौं

झलनाथ खनालले भने : उपमहासचिव चौधरीले राष्ट्रघाती अभिव्यक्ति दिए, तत्काल कारबाही गरौं
सुन्नुहोस्

खनालले भने, ‘हाम्रो पार्टी जस्तो एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो।’

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले उपमहासचिव मेटमणि चौधरीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।  सांसद चौधरीले राष्ट्रियता विरोधी अभिव्यक्ति दिएको भन्दै पूर्वप्रधानमन्त्री खनालले तत्काल कारबाही गर्न खनालले माग गरेका हुन्। 

चौधरीले कालापानी, लिम्पियाधुरा लिपुलेक भारतकै भएको र सरकारले चुच्चे नक्सा निकालेर भ्रम छर्ने काम गरेको एक सञ्चारमाध्यममा अन्तरवार्ताका क्रममा भनेका थिए। अभिव्यक्तिले यो भारतीय नागरिक बोल्दैछ कि नेपाली नागरिक ? भन्ने प्रश्न गर्दै खनालले यो देश द्रोही अभिव्यक्ति भएको टिप्पणी गरेका छन्। ‘यो कस्तो विचित्रको अभिव्यक्ति हो ? यो भारतीय नागरिक बोल्दैछ कि नेपाली नागरिक ? यो त स्वरै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो। यो देश द्रोही अभिव्यक्ति पनि हो। यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो।’ खनालले सोमबार विज्ञप्ति जारी गर्दै भने, ‘हाम्रो पार्टी जस्तो एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो। यस्तो पार्टीको कुनै नेताबाट मात्र होइन सामान्य कार्यकर्ता साधारण सदस्य तथा समर्थक र सुभेच्छुकहरुबाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव हुन्छ। आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न। अझ हामै पार्टीको “उपमहासचिव” र वहालवाला “सांसद” बाट यस्ता अभिव्यक्ति आउनु गम्भीर भन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको छ।’

एकीकृत समाजवादीका उपमहासचिव चौधरीको अभिव्यक्तिबाट आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमा प्रति गम्भीर प्रश्न उठेको उनको भनाई छ। उनले भनेका छन्, ‘आम कार्यकर्ता, समर्थक र सुभेच्छकहरूमा समेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको छ। यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रुपमा स्थापित गर्न म पार्टी नेतृत्व पंक्ति समक्ष जोडदार माग गर्दछु।’

चौधरीले अन्तर्वार्ताका क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेख जस्ता भूभागहरु भारतकै हुन्। सरकारले चुच्चे नक्सा निकालेर भ्रम छर्ने काम गरेको छ । ऐतिहासिक प्रमाणका आधारमा सरासर भारतको प्रमाण पुग्ने भूभागलाई नेपालले दाबी गर्नु मूर्खता मात्र भएको छ। बिना कारण नक्सा निकालेर आफ्नो भूभाग हुन्छ भने विश्वका १९३ देशका भूभागहरु आफ्ना नक्सामा राखेर हुन्छ ? भनेका थिए।

सोमबार नै सांसद चौधरीले राष्ट्रविरोधि दिएको विवादास्पद अभिव्यक्तिप्रति संसद बैठकमा प्रश्न उठेको थियो। सांसद् सूर्यप्रसाद ढकालले उनको अभिव्यक्ति संविधान विरोधी, देशद्रोही, राष्ट्रघाति र सार्वभौम सत्ताका विरुद्ध भएकाले संसदले गम्भीर लिनुपर्ने र देशद्रोहीको मुद्दा चलाउनुपर्ने माग गरेका थिए। चौधरीले देशको अखण्डताविरोधी अभिव्यक्ति दिएको भन्दै ढकालले भने, ‘संविधानको अनुसूचीमा रहेको नक्साको विपरीत अभिव्यक्ति दिने उनलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ।’ 

यस अगाडि उपमहासचिव चौधरीको अन्तर्वार्ता प्रशारण भएपछि नेकपा एकीकृत समाजवादीले पनि स्पष्टीकरण सोधिसकेको छ। बिहीबार महासचिव घनश्याम भूसालले चौधरीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन्। हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ। त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईँले किन बोल्नु भएको हो ?’

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.