महोत्सवमा ३० लाखको कारोबार
नुवाकोट : स्थानीय उत्पादन तथा मनोरञ्जनलाई प्राथमिकता दिँदै नुवाकोटमा सञ्चालित रमाइलो मेला सम्पन्न भएको छ।
बेलकोटगढी नगरपालिका-महादेवफाँट खेल मैदानमा सञ्चालित बेलकोटगढी विशेष रमाइलो मेलामा स्थानीय उत्पादनसमेत राखिएको थियो। ११ दिनसम्म सञ्चालित मेलामा स्थानीय उत्पादन, दैनिक उपभोग्य सामग्रीका साथै चाडपर्वमा आवश्यक वस्तुहरू राखिएका थिए।
बेलकोटगढी नगरपालिका संरक्षक र बेलकोटगढी- को कार्यालय र न्यू भिजन युथ क्लबको संयुक्त आयोजनामा सम्पन्न रमाइलो मेलामा स्थानीय किसानले उत्पादन गरेका कृषि उपजहरू, हस्तकला तथा घरेलु उद्यमीले उत्पादन गरेका सामग्रीहरूको विक्री तथा प्रदर्शनीमा राखिएको थियो।
मेलामा ३० लाख रुपैयाँ बराबरको कारोबार हुनुका साथै ५० हजार दर्शकले मेला भरेको मेलाको व्यवस्थापक तथा कार्यपालिका सदस्य गमला लामाले जानकारी दिइन्।