लेबनानमा 'पेजर' विष्फोट : इरानी राजदूतसहित २८ सय घाइते, ९ जनाको मृत्यु

लेबनानमा 'पेजर' विष्फोट : इरानी राजदूतसहित २८ सय घाइते, ९ जनाको मृत्यु
तस्बिर : बीबीसी।
सुन्नुहोस्

लेबनानमा मङ्गलबार पेजर मेसिनबाट गराइएको विष्फोटमा इरानका राजदूतसहित २ हजार ८ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । लेबनानका स्वास्थ्य मन्त्रीका अनुसार विष्फोटमा एक बालकसहित अहिलेसम्म नौ जनाको मृत्यु भएको छ ।

लेबनानको राजधानी बेरुतलगायत अन्य धेरै ठाउँमा विस्फोटहरू भएका थिए।  

इरानी राजदूतकी पत्नी मोजतबा अमानीले आफ्ना श्रीमानलाई सामान्य चोट लागेको र अस्पतालमा रहेको बताएकी छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार हिजबुल्लाहका सांसद अली आमेर र उनीहरूका एक सदस्यकी १० वर्षीया छोरीको पनि  विस्फोटमा मृत्यु भएको छ।

हिजबुल्लाहले इजरायललाई यी विष्फोटका लागि जिम्मेवार ठहर गर्दै यसलाई आपराधिक घटना भनेको छ।

हिजबुल्लाहले पनि जवाफ दिने बताएको छ। इजरायली सेनाले अहिलेसम्म कुनै पनि टिप्पणी गरेको छैन।

गत अक्टोबर ७ मा गाजामा इजरायल र हमासबीच युद्ध सुरु भएदेखि इजरायल र लेबनानबीचको सीमामा झण्डै दिनहुँ गोलावारी भइरहेको छ । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.