जम्मु कश्मीर विधानसभा चुनाव आज, पहिलो चरणको मतदान हुँदै

जम्मु कश्मीर विधानसभा चुनाव आज, पहिलो चरणको मतदान हुँदै
सुन्नुहोस्

काश्मीर : जम्मु कश्मीरमा आज पहिलो चरणको विधानसभा चुनावको मतदान भइरहेको छ। जम्मु कश्मीरमा १८ सेप्टेम्बर, २५ सेप्टेम्बर र १ अक्टोबरमा तीन चरणमा मतदान हुने जनाइएको छ।

आज पहिलो चरणको मतदानमा राज्यको कुल २४ विधानसभा सीटका लागि मतदान हुँदैछ। जसमध्ये १६ सिट कश्मीर र ८ सिट जम्मुका छन्।

धारा ३७० खारेज भएको करिब १० वर्षपछि पहिलो पटक जम्मु कश्मीरमा विधानसभा चुनाव हुन लागेको हो।

५ अगस्त २०१९ मा अनुच्छेद ३७० खारेज गरेर जम्मु कश्मीरको विशेष दर्जा हटाइएको थियो। दुई केन्द्र शासित प्रदेशहरू बनाइएको थियो।

चुनावमा नेशनल कन्फ्रेन्स र कांग्रेस मिलेर राज्यका सबै ९० सिटमा दुवै राजनीतिक दलले साझा चुनाव लडिरहेका छन्।

भाजपा र पीडीपी भने यस चुनावी मैदानमा एक्लै छन्। लोकसभा सांसद इन्जिनियर राशिदको पार्टी अवामी इत्तिहादले प्रतिबन्धित संगठन जमात-ए-इस्लामीले समर्थन गरेको स्वतन्त्र उम्मेदवारहरूसँग गठबन्धनको घोषणा गरेको छ।

मतदानलाई मध्यनजर गर्दै राज्यमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.