सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछौं : गगन थापा

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछौं : गगन थापा
सुन्नुहोस्

काठमाडौं : सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछ। कांग्रेस-एमाले नेतृत्वको गठबन्धन बनेपछि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको हो।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन्। राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताए।

न्यूनतम साझा कार्यक्रमका लागि यसअघि नै चार सदस्यीय मस्यौदा कार्यदल गठन गरिएको थियो। कार्यदलमा महामन्त्री थापासहित कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, एमालेका उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु  रिमाल छन्।

'आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ। न्यूनतम साझा कार्यक्रममा शिक्षा ऐन पारित गर्छौं भनेर लेख्दैछौं। तर, लेखेरमात्र भएन। संसदको ताल हेर्दा अझ दुई-अढाई वर्ष पारित नहुने छाँटकाँट देखिन्छ, उनले भने।

महामन्त्री थापाले दलगत रूपमा सहभागी हुनेगरी एउटा समूह बनाएर शिक्षा ऐनको बाँकी काम सकाउनुपर्ने बताए। 'मैले पार्टीगत रूपमा समूह बनाएर काम गरौं भनेर प्रस्ताव गरेका छौं। दसैं तिहार नभनी काम गरौं। त्यसरी काम गर्‍यौ भने शिक्षा ऐन छिट्टै ल्याउन सम्भव हुन्छ,' उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.