कोशी प्रदेशमा भव्यरूपमा मनाइयो संविधान दिवस (तस्बिरसहित)

कोशी प्रदेशमा भव्यरूपमा मनाइयो संविधान दिवस (तस्बिरसहित)
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा संविधान दिवस भव्य रूपमा सम्पन्न भएको छ ।  प्रदेश सरकारले भव्य समारोहको आयोजना गरेर संविधान दिवस मनाएको हो । दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ ।

सहिद मैदान अगाडिबाट सुरू भएको प्रभातफेरी अस्पताल चोक, जलजला चोक, मेन रोड, गोल्छा चोक, डाँफे चोक हुँदै आदर्श विद्यालय परिसरमा औपचारिक समारोहमा परिणत भएको थियो । 

null

प्रभातफेरीमा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सांसदहरू, स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकायका उच्चपदस्थहरू, सुरक्षा अधिकारी, सुरक्षाकर्मी, निजामती कर्मचारी, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलकुदकर्मी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो । 

प्रभातफेरीमा विभिन्न १५ वटा जातजातिका झाँकी पनि प्रदर्शन गरिएको थियो । दिवसका अवसरमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङलाई ३ वटै सुरक्षा निकायको संयुक्त टोलीले सलामी अर्पण गरेको छ । संविधान दिवसको अवसरमा आयोजित निबन्ध र वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । 

null

समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक तथा जातीय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक र समतामूलक समाजको निर्माण गर्ने संकल्प संविधानले लिएको उल्लेख गरेका छन् । 

null

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको जानकारी दिए । मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरुप प्रदेश सरकार अघि बढेको स्पष्ट पारे । 

संघीयता कार्यान्वयनको महत्वपूर्ण अंग भनेकै प्रदेश तह भएपनि माथिल्लो तह संघ र तल्लो स्थानीय तहसँगको अधिकार बाँडफाँट हुन नसक्दा समस्या भोग्दै आउनु परेको उल्लेख गरेका छन् ।  मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अघि बढाउने मुख्य दायित्व प्रदेशकै भएको उनको कथन छ । नेपाली जनताको लामो संघर्ष र बलिदानपछि आजकै दिन ९ वर्षअघि जननिर्वाचित संविधानसभाद्वारा नेपालको संविधान जारी भएको स्मरण कार्कीले गरेका छन् । 

null

जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको दिशातर्फ अघि बढाउनुपर्नेमा उनको जोड छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबै पक्ष लाग्नुपर्ने कार्कीले बताए । 

null

समारोहका प्रमुख अतिथि कोशी प्रदेशका प्रमुख परशुराम खापुङ थिए । कार्यक्रममा कोशी प्रदेशका  सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सृजना दनुवार, मन्त्रीहरु, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी, प्रमुख सचिव केदारनाथ शर्मालगायतका उच्चपदस्थहरू उपस्थित थिए । 

nullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.