सहमति,सहकार्य र समन्वयका आधारमा संविधान समयानुकूल संशोधन गर्नुपर्छ : मुख्यमन्त्री कार्की

सहमति,सहकार्य र समन्वयका आधारमा संविधान समयानुकूल संशोधन गर्नुपर्छ : मुख्यमन्त्री कार्की
संविधान दिवसको अवसरमा प्रभातफेरी र्‍यालीमा सहभागी। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

कोशी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहमति,सहकार्य र समन्वयका आधारमा संविधानलाई समयानुकूल संशोधन गर्नुपर्ने बताएका छन्। संविधान दिवसको उपलक्ष्यमा बिहीबार विराटनगरमा आयोजना गरिएको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले वर्तमान संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर कार्यान्वयन गर्न सकिए विश्व कै उत्कृष्ट संविधान बन्न सक्ने धारणा राखे।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई देख्ने र सुन्न सक्ने बनाउन आफूहरू लागिपरेको बताउँदै संविधानको मर्म र भावनामा केन्द्रित भएर कार्यान्वयन गर्न राजनैतिक दलहरू प्रतिबद्ध हुनुपर्ने बताए । उनले युवाहरूमा देखिएको नैराश्यतालाई चिर्न राष्ट्रिय पूँजीको विकास गरी मुलुकमै रोजगारी सिर्जना गर्न आवश्यक नीति र कानुनहरू बनाउन कोशी प्रदेश सरकार लागि परेको जिकिर गरे।
 

दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ । सहिद मैदान अगाडिबाट सुरू भएको प्रभातफेरी अस्पताल चोक, जलजला चोक, मेन रोड, गोल्छा चोक, डाँफे चोक हुँदै आदर्श विद्यालय परिसरमा औपचारिक समारोहमा परिणत भएको थियो । 

प्रभातफेरीमा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सांसदहरू, स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकायका उच्चपदस्थहरू, सुरक्षा अधिकारी, सुरक्षाकर्मी, निजामती कर्मचारी, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलकुदकर्मी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.