प्रधानमन्त्री ओली र कुवेतका प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क : प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच आज बिहान भेटवार्ता भएको छ।
प्रधानमन्त्री सचिवालयका अनुसार संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच सोमबार बिहान (न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ) भेटवार्ता भएको हो।
उनीहरुबीच राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा छलफल भएको हो।