प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता
न्युयोर्क : प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज बिहान भेटवार्ता भएको छ।
प्रधानमन्त्री सचिवालयका अनुसार संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच सोमबार बिहान (न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ) भेटवार्ता भएको हो। उनीहरुबीच राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको बताइएको छ। भेटमा द्विपक्षीय हितका विषय छलफल भएको छ। भेटमा परराष्ट्र मन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतका उच्च अधिकारी सहभागी थिए।