लगानी भित्र्याउने वातावरण

लगानी भित्र्याउने वातावरण

लगानी नगरी आर्थिक उन्नति सम्भव हुँदैन। लगानीका लागि स्वदेशी पुँजीमात्रै पनि पर्याप्त छैन नेपालमा। तसर्थ वैदेशिक लगानी भिœयाउनु नै पर्छ। सरकार वैदेशिक लगानी भिœयाउने कुरामात्रै गर्दैन, लगानी सम्मेलन पनि बेलाबेला गरिरहन्छ। त्यसमा प्रतिबद्धताहरू आउँछन्। साझेदारीका हस्ताक्षर पनि हुन्छन्। तर सरकारले चाहेजस्तो प्रतिबद्धता र लगानी नेपालमा भित्रन सकेको छैन। २०८१÷८२ मा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता ६२ अर्बको आएको थियो। जुन अहिलेसम्मकै उच्च हो। केही वर्षयता लगानी प्रतिबद्धतासँगै लगानीमा वृद्धि हुँदै आएको चाहिँ देखिन्छ। सुखद कुरा हो त्यो। नेपालले आर्थिक उन्नतिका लागि जुन गतिमा र मात्रामा लगानी भिœयाउन जरुरी छ, त्यसअनुसारको वृद्धि नहुनुमा राज्यका नीति नियम र मूलरूपमा वातावरणमा कमजोरी छ।

लगानीकर्ताले चाहने नाफा हो। नाफा कमाएरमात्रै पुग्दैन, त्यसलाई लैजान पनि पाउनुपर्छ। तर लगानीभन्दा धेरै लाभांश हुने गरी देशलाई घाटा पारिनु पनि हुँदैन। देशलाई नाफा नहुने कुनै पनि लगानीको औचित्य हुँदैन। नेपालमा उद्योग, कलकारखाना खोल्न र सञ्चालन गर्न चाहिने थुप्रै अरू वातावरण पनि सहज छैन। जग्गा प्राप्तिको उल्झन सबैभन्दा बढी छ। स्थानीय अवरोध र बाधाव्यवधान उत्तिकै सहनुपर्छ। राजनीतिले थापेरेको अन्धराष्ट्रवादले लगानी र त्यो पनि वैदेशिक लगानीप्रति नकारात्मक मनोभावना विकास गरेको छ। जसलाई उखेल्न जरुरी छ। यदि वातावरण सकारात्मक र सहज हुन्थ्यो भने नेपालमा लगानी गर्न आउँथ्यो नै होला जोकोही। नेपाल आफैंमा लगानीका लागि ऊर्वर भूमि हो। अहिलेसम्म ५ खर्बको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धताको तथ्यांक छ उद्योग विभागसँग। त्यसको थोरै अंशलाई कार्यान्वयनमा लैजान सक्ने हो भने पक्कै पनि मुलुकमा रूपान्तरण सम्भव हुन्छ। परिवर्तन हुन्छ।

हाम्रा राजनीतिक पार्टीहरू सरकारमा छँदा एकथरी र सत्ताबिमुख हुनासाथै अर्काेथरी कुरा गर्छन्। सरकारमा छँदा लगानीमैत्री कुरा गर्छन्, बाहिरफेर हुँदा स्वदेशी वा विदेशी लगानीका परियोजनालाई अवरोधमा कार्यकर्ता खटाउँछन् र मोलमोलाइ गर्छन्। जनतालाई भुलभुलैयामा राखेर अन्धराष्ट्रवादी राजनीतिको रोटी सेक्छन्। उनीहरू त्यसबाट मुक्त हुन र निम्नकोटीको राजनीति छाडेर उत्तरदायी बन्न जरुरी छ। भलै हालैको समयले लगानी प्रतिबद्धता र कार्यान्वयनमा सकारात्मक दिशा लिइरहेको छ। त्यसलाई अझ बढावा दिनुपर्छ। थप लगानी भित्र्याउने, त्यसबाट रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि गर्ने लगायत सकारात्मक उपलब्धि मुलुकले हाँसिल गर्नुपर्छ। अनुकूल वातावरण नबनाएसम्म लगानी भित्रन सक्दैन भन्नेमा प्रष्ट हुनै पर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.