नेपालले पहिलेदेखि नै लिडमुक्त गर्ने नीति लिएको छ : प्रधानमन्त्री ओली

लिडमुक्त अभियानमा ऐक्यबद्धता

नेपालले पहिलेदेखि नै लिडमुक्त गर्ने नीति लिएको छ : प्रधानमन्त्री ओली
तस्बिर : प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

न्युयोर्क : प्रधानमन्त्री केपी शर्मा ओलीले लिडमुक्त अभियानमा ऐक्यबद्धता जनाएका छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री ओलीले युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’लाई सम्बोधन गर्दै लिडमुक्त अभियानमा ऐक्यबद्धता जनाएका हुन् । 

उनले नेपालले पहिलेदेखि नै लिडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा असर परेको जानकारी पाएसँगै त्यसलाई मुक्त गर्ने नीति कार्यान्वयन गर्दै आएको बताए। उनले नेपालमा हालै संसद्मा खाद्य सुरक्षासम्बन्धी विधेयक ल्याएको जानकारी गराए।

कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनका पत्नी डा जिल वाइडेन, डोमिनिकाका राष्ट्रपति, मलावीका राष्ट्रपतिलगायतले पनि सम्बोधन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.