झापामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

झापा: झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ६ बुट्टाबारी निवासी  अन्दाजी ६२ वर्षीय यामबहादुर लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड-६ कुमारी चौकमा  गएराति ८ बजे चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र १-०१-०१३ प २८०९ नम्बरको मोटरसाइकलले पैदलयात्री लिम्बुलाई ठक्कर दिएको थियो । 
टाउको र खुट्टामा चोट लागेका उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान २:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालक बुद्धशान्ति गाउँपालिका ४ निवासी ३२ वर्षीय विकास लिम्बूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.