फरार प्रतिवादीहरू प्रहरी नियन्त्रणमा
महोत्तरी : फरार ३ जना प्रतिवादीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिनेहरूमा महिटानी नगरपालिका ५ का ५९ वर्षीय रामान्नद महतो, ३५ वर्षीया शिवकुमारी देवी र २५ वर्षीया सुशीला देवी रहेका छन्।
उनीहरूलाई कुटपिट मुद्दामा जिल्ला अदालत महोत्तरीले जनही ५ हजारका दरले जरिवाना तोकिएको थियो। जरिवाना पाएर गत असारदेखि फरार रहेको उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाउनका लागि जिल्ला अदालतमा पेस गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले बताए।
प्रतिक्रिया दिनुहोस !