श्रीलंकाका लागि प्रस्तावित राजदूत अधिकारीबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

श्रीलंकाका लागि प्रस्तावित राजदूत अधिकारीबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
सुन्नुहोस्

काठमाडौं : संसदीय सुनुवाइ समितिको बैठक ३ बजेका लागि सरेको छ। श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे निर्णय गर्न बिहान ९ बजे बोलाइएको बैठक आज दिउँसो ३ बजेको लागि सरेको हो। 

सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्न दुई तिहाइको संख्या नपुगेपछि मंगलबारको बैठकले निर्णय लिने समितिका सदस्य एवं कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। उनका अनुसार सोमबार बैठकमा १५ मध्ये ८ सदस्यमात्रै सहभागी थिए। 

समितिले माग गरेको स्नातक तहको शैक्षिक प्रमाणपत्र आज पनि बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारी छ। घिमिरेले प्रस्तावित व्यक्तिका नाम अस्वीकृत गर्न दुई तिहाइ संख्या आवश्यक पर्ने तर बैठकमा बहुमत सदस्यमात्रै रहेकाले निर्णय गर्न नसकिएको बताए। 

भट्टराईको राजदूत नियुक्त हुनका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र उपलब्ध नभएपछि समितिले सोमबारसम्म प्रमाणपत्र बुझाउनका लागि समय दिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.