एसियन सिनियर कराते च्याम्पियनसिप

चीनमा रजत पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

चीनमा रजत पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा स्वागत
सुन्नुहोस्

काठमाडौं : एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई काठमाडौंमा स्वागत गरिएको छ । चीनको हाङझाओ शहरमा आयोजित प्रतियोगितामा रजत पदक जितेर स्वदेश फर्किएकी गुरुङलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । 

त्यस्तै एसियन जुनियर कराते च्याम्पियनसिप र एसियन पारा कराते च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई स्वागत गरिएको छ । एरिका लगायतलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा लगायत विमानस्थलमा पुगेका थिए । स्वागत कार्यक्रममा खेलाडी एरिकाले गुरुङले गोल्ड मेडल प्राप्त गर्ने लक्ष्यका साथ खेलेपनि रजत पदक प्राप्त भएको बताइन् । उनले आगामी दिनमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन् ।

त्यस्तै राखेप सदस्य सचिव घिसिङले आगामी दिनमा उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै अहिलेका पदक बिजेता खेलाडीहरुलाई छिटै पुरस्कार दिने बताए । एरिकाको अन्तराष्ट्रिय खेलमा सहभागीता र प्रशिक्षणको व्यवस्था राखेपले गर्ने उनले बताए ।

त्यस्तै कराँते महासंघका अध्यक्ष लामाले खेलाडीले गरेको प्रदर्शनसंगै नेपालका खेलको लक्ष्य निर्धारण भएको उल्लेख गरे । अव खेलाडीहरुले आफ्नो खेललाई थप बलियो बनाउदै लैजानुपर्नेमा उनले जोड दिए । ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.